मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकन आइडलको शीर्ष २० मा नेपालका दिवेश


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ८, २०७६
  • 935
    SHARES

नेपाली गायक दिवेश पोखरेल चर्चित साङ्गीतिक रियालिटी शो अमेरिकन आइडलको शीर्ष २० मा छानिएका छन् ।

दिवेशको आइतबारको प्रस्तुतिलाई तीन जना निर्णायकले नै खुलेर प्रशंसा गरे । यो श्रृङ्खलाको निर्णायकमा लुक ब्रायन, केटी परी र लाइनल रिची छन् । दिवशको गायनलाई निर्णायकले ‘आउटस्ट्यान्डिङ पर्फमेन्स’ भनेका थिए ।

अडिशनमा दिवेशले बब ड्यालनको ‘गर्ल फ्रम द नर्थ अमेरिका’ र क्रीडिन्स क्लियरवाटर रिभाइभलको ‘ह्याभ यु एभर सिन द रेन’ गीत गाएका थिए ।

‘मैले यसअघि यस्तो सङ्गीत सुनको थिइँन तर म चुम्बक जसरी तिमीतर्फ तानिए, त्यो तिमीले पनि थाहा पायौँ होला’, मेन्टर बब्बी बोन्सले भने ।

काठमाण्डौमा जन्मिएका दिवेश पाँच वर्षअघि अमेरिका पुगेका थिए । उनी अहिले परिवारसँगै क्यान्सस राज्यको विचिटामा बस्दै आएका छन् । दिवशको स्टेजको नाम भने ‘अर्थर गन’ हो ।

अमेरिकन आइडलको १८औँ श्रृङ्खला गएको आइतबारदेखि सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }