बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नारी: समानता र स्वतन्त्रता


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २०, २०७६
  • 1.1K
    SHARES

वर्तमान समय विज्ञान र प्रविधिको युग हो । आज मानिसले आफ्नो हरेक कार्यलाई सहज बनाउनका लागी विविध किसिमका यन्त्रहरु र प्रविधिहरुको आविष्कार गरेपनि नारीको पिडा र वेदनालाई मापन गर्ने कुनै यन्त्र र प्रविधिको आविष्कार गर्न सकेको छैन र सायद यो सम्भव पनि नहोला ।

छोरी, बुहारी, महिला, आमा र सासु लगायत अनेकौ चिनारी छ नारीको तर अनेकौ चिनारी भएपनि हर समय आफ्नो अस्तित्व रक्षा गर्न र आफुलाई समाजमा स्थापित गर्न हजारौ त्याग, तपस्या र समर्पण गरी उद्धेश्य प्राप्तिको लागी सङ्घर्षरत छिन नारी । अरुको हितको लागी आफ्नो खुसी र चाहनालाई पन्छाएर अगाडि बढने सामथ्र्य राख्न सक्छिन नारी । जन्मपूर्व नै वाच्नलाई सङ्घर्षरत नारीले यो समाजमा जन्म लिएपछि झन धेरै सङ्घर्ष गर्नुपर्ने हुन्छ ।

धेरै छोरीहरु जन्मिएपनि छोरालाई मात्र सन्तान ठान्ने यो समाजमा कैयौ भविष्यका नारीहरुलाई गर्भमै तुहाईन्छ, उसको वाच्ने अधिकारलाई कुण्ठित गरी उसको भ्रुण अवस्थामै हत्या गरिन्छ । हामी मानवताका साथ साथै यो कुरा विर्सिन्छौ कि आज छोरी नजन्मिए भोलि हाम्रो घरमा बुहारी कसरी भित्रिन्छ । नारी त्याग र समर्पणको प्रतिमूर्ति हून । नारीले हरपल हरक्षण आफ्नो ईच्छा, चाहना र आकाङ्क्षालाई मनभित्र दवाएर अरुको खुसीको निम्ती हासिरहेको हुन्छ, बाचिरहेको हुन्छ । कहिले आफ्नो बुवा आमाको लागी, समाजको लागी, विवाह पश्चात श्रीमान र छोराछोरीहरुको लागी वाचिदिन्छ ।

आफुमाथी अन्याय अत्याचार भईरहदा पनि चुपचाप सहेर बसिरहेको हुन्छ यो डरमा कि कतै म माथी भएको अन्याय अत्याचार बाहिर आएर अरुले थाहा पायो भने परिवारको ईज्जत जान्छ भनेर आफ्नो पर्वाह नगरी मात्र परिवार र समाजको बारेमा सोचिरहेको हुन्छ नारी । छोरो बर्षोै हराएर घरपुग्दा कुनै प्रश्न गरिदैन तर केही समय छोरीमान्छे हराएर घरपुग्दा किन प्रश्न सोधिन्छ ?

भेदभावको दृष्टिले किन हेरिन्छ नारीलाई ? छोरी मान्छे कसैसित भागी विवाह गरेमा पोईला गई भन्ने यो समाजले किन छोरा मान्छेलाई जोईला गयो भन्दैन ? छोरीले भागी विवाह र अन्तरजातीय विवाह गर्दा आमाबुवाको नाकै काटिने, ईज्जत गयो भन्ने समाजले किन छोरापट्टिको लाई केही भन्दैन ? हाम्रो समाजले नै भन्ने गर्छ नारीको न त थर हुन्छ । न त घर नै हुन्छ । विवाहपूर्व एउटा थर विवाहपछि अर्को थर नारीले मात्र किन राख्नुपर्ने, आफु धर्ति बनेर हरेक दु ःख, पिडा, कष्ट सहेर आफ्नो परिवारलाई खुसी दिएर एउटा घरलाई स्वर्ग झै बनाएर सबै परिवारलाई खुसी दिन्छ भने त्यो नारीको घर किन हुदैन ? यस्ता अनगिन्ति प्रश्नहरु दविएका आवाजहरुमा गुम्सिरहेको छ ।

यो प्रश्नको उत्तरको खोजीमा समाज र स्वयम् व्यक्ति हरपल घोत्लिईरहेको हुन्छ तर दुर्भाग्य यो प्रश्नहरुको उत्तर भेटिएको छैन र सायद कहिल्यै भेटिदैन पनि । त्याग र समर्पणले भरिपूर्ण नारीेले आखिर यो अपमान, तिरस्कार र भेदभावलाई कहिलेसम्म झेल्ने ?

जन्मिएपछि आमाबुवाको लागी, विवाहपश्चात श्रीमान र छोराछोरीको लागी समाजको लागी बाच्न विवश नारी हरपल सम्झौता गरेर आफ्नो जिन्दगीलाई अगाडि बढाईरहेको हुन्छ तरपनि स–साना निहुमा आफ्नो श्रीमानबाट र समाजबाट नै तिरस्कृत हुन पुग्दछ भने कतिपय घटनाहरुमा मृत्युवरण गर्न समेत वाध्य छन । नारी विनाको घर उज्यालो विनाको संसार झै हुन्छ तर नारी भएको घर हरपल ज्योतिले भरिपूर्ण स्वर्ग समान हुन्छ ।

संसारलाई सुन्दर र कलात्मक बनाउने कला भएको नारी विना सृष्टि चल्न सक्दैन भन्ने यथार्थलाई जान्दा जान्दै पनि आज एउटा नारीलाई स्वतन्त्रता पूर्वक बाच्न अधिकार दिने कुरा त के वातावरण निर्माण गर्ने सोच समेत बनेको वा बनाईएको पाईदैन । कहिले पुरुष त कहिले स्वयम एक नारीबाट अर्काे नारी प्रताडित नारीहको अस्तित्व कायम गरी स्वतन्त्रतापूर्वक बाच्ने अधिकार दिलाउन र उपयुक्त वातावरण निर्माण गर्नु आज हामी सबैको प्रमुख दायित्व हो । दिगो शान्ति, सभ्य समाज र उपयुक्त जीवनको लागी आज हामी सबैले प्रण गर्नु जरुरी छ । आफ्नो नकरात्मक सोचलाई त्यागी नारीलाई सम्मानित ढङ्गले हेर्ने वातावरण निर्माण गर्न जरुरी छ ।

समाजमा विकृतिको रुपमा रहेको वालविवाह, बहुविवाह, जारी प्रथा, दाईजो प्रथा, महिला हिंसा, शोषण, बेचविखन र वलात्कार जस्ता अनगिन्ति घटनाहरुबाट नारी मात्र अत्यन्तै पिडित बन्छन । यस्ता विकृतिहरुलाई समाजबाट न्युनिकरण होईन जराबाटै उखालेर फ्याक्न जरुरी छ । नारीलाई समान दृष्टिले हेरी समान अवसर र उचित सम्मान दिन जरुरी छ । विश्वको परिवेशलाई नियाल्ने हो भने आज नारीहरुले ठूला –ठूला कार्यहरु गरी आफ्नो क्षमता प्रस्तुत गरी विश्वलाई नै आश्चर्य चकित तुल्याउन सफल भएका छन ।

समाजमा भएको लैङ्गिक हिंसालाई हामीले आज नहटाए कहिले हटाउने ?, आज एउटा सही समय आएको छ एउटा सुनौलो ईतिहास बनाउने । त्यसैले सबैजना आजैदेखि सुन्दर र शान्त समाज बनाउन, भेदभावरहित नारीमुखी समाज निर्माण गर्न हामी सबैले आ– आफ्नो क्षेत्रवाट जागरुक भई ईमान्दारीतापूर्वक लाग्न जरुरी छ । आज हामी कति सजिलै आफ्नो दिदी, बहिनी, छोरीलाई विवाह गराएर पठाउदा उनीहरुको भविष्य सुखद होस भनी कामना गर्छर्छौ समानताको कुरा आफ्नो कुरा गर्छौ ।

घरमा वुहारी भित्रिदा हामीले समानताको कुरा विर्सिन्र्छौ । प्रसिद्ध साहित्यकार पारिजातले आफ्नो बैँसालु वर्तमान कविता सङ्ग्रहमा रहेको ‘मानुषी’ कवितामा पनि नारी हुन कठिन रहेको भाव व्यक्त गर्नुभएको छ । नारी र पुरुषको विचमा रहेको विभेद प्रकृतिले नभइ समाजले सिर्जना गरेको हो । यसरी नै श्यामप्रसाद शर्माले पनि आफ्नो ‘आइमाइ साथी’ निवन्धमा पनि छोरामान्छे र छोरी मान्छेलाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेको भाव व्यक्त गर्नु भएको छ । आज नारी निकै अगाडि वढिसकेको छ ।

संसारलाई चकित वनाइरहेको छ नारीहरुले । जुन्को तावेइ, पासाङ ल्हामु शेर्पा जस्ता धेरै साहसी नारीहरुले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छन् । पारिजात, झमक कुमारी घिमिरे, सुधा त्रिपाठी लगायत अनेकौ नारीहरुले साहित्यिक कृतिहरुको माध्यमबाट आफुलाई राष्ट्रसामु परिचित गराएका छन् ।

नेपालमा मात्र नभएर विश्वका कतिपय मुलुकहरुमा राष्ट्र प्रमुख भएर कुशलता पुर्वक राष्ट्र सञ्चालन गरिरहेको छन् । विज्ञानका क्षेत्र होस या स्वास्थ्यका क्षेत्र, प्रविधिका क्षेत्र होस वा शिक्षा, दर्शनका क्षेत्र होस वा कानुन र प्रशासनिक क्षेत्र हरेक क्षेत्रमा नारीहरुले आफ्नो क्षमताको उपयोग गरी कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै समाजमा स्थापित भई सफलता हात पारेको छ ।

नारी समानता, नारी स्वतन्त्रता आजको आवश्यकता हो, वर्तमान समयको माग हो । आज हरेक नारीको सम्मान गर्नु र भेदभावरहित समाज निर्माण गर्नु हाम्रो दायित्व हो भन्ने विचार मनमा लिइ सबैले आ­आफ्नो ठाउँबाट जुटने हो भने भेदभाव रहित समानताले भरीपूर्ण समाज निर्माण गर्न कसैले रोक्न सक्दैन तसर्थ आज र अहिले वाटै हामी सवै यो कार्यमा अघि वढौँ । महिला अधिकारकर्मि सुनिता गुरुङ हाल रसुवा महिला संजालको अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }