बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

म्यासेन्जरको डिजाइन बदलिँदै


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २०, २०७६
  • 377
    SHARES

सबैभन्दा लोकप्रिय म्यासेजिङ एप फेसबुक मेसेन्जरको डिजाइन परिवर्तन हुने भएको छ । फेसबुकले आफ्नो म्यासेन्जर एपको डिजाइन परिवर्तन गरी कतिपय फिचरका ट्याबहरु समेत हटाउने तयारी गरेको हो ।

समाचारअनुसार म्यासेन्जरमा च्याट बोट्सका साथै डिस्कभर ट्याब पनि हट्नेछन् । एपको डिजाइनलाई पहिलेको तुलनामा बढी सरल बनाउनुका साथै प्रयोगलाई समेत सहज बनाउनका लागि पछिल्लो कदम चालिएको हो ।

आगामी हप्तादेखि म्यासेन्जर एपमा उल्लेखित परिवर्तन देखापर्ने टेक क्रन्चको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ– फेसबुक आफ्नो म्यासेजिङ एपलाई सिम्पल तथा फास्ट बनाउन चाहन्छ । जसका कारण यो निर्णय लिइएको हो ।

पछिल्लो परिवर्तन म्यासेन्जर एपको वृहत रिडिजाइन प्रक्रियाको एक हिस्साको रुपमा रहेको बताइएको छ । फेसबुकले म्यासेन्जरमा नयाँ परिवर्तन सँगै स्टोरिज खण्डलाई बढी प्राथमिकता दिएर स्न्यापच्याटलाई टक्कर दिने योजना बनाएको छ ।

स्टेन च्याडनोवस्कीको टिमले फंक्सनल म्यासेजिङ एपमा काम गरिरहेको छ । नयाँ डिजाइनको फेसबुक एपमा एभयउभि सेक्सनलाई हाइलाइट्स गरी त्यहाँ पछिल्लो २४ घण्टामा स्टोरी शेयर गरेका फेसबुक साथीहरुका स्टोरिज देखाइनेछ । त्यसका अलावा कन्ट्याक्ट लिष्ट पनि देखाइनेछ, जहाँ सबैभन्दा धेरै कल तथा म्यासेज गरिने साथी यदि फेसबुकमा एक्टिभ भएमा सबैभन्दा माथि देखा पर्नेछ ।

फेसबुकले नाबालिगहरुको लागि ल्याएको म्यासेन्जर एप म्यासेन्जर किड्समा पनि केही परिवर्तन गर्दैछ । जहाँ अभिभावकलाई आफ्नो बच्चाको म्यासेन्जरमाथि थप नियन्त्रण प्राप्त हुनेछ । बच्चाहरुले म्यासेन्जरमा के गर्दैछन् भन्ने देखिनेछ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }