बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ३० श्ययाको क्वारेन्टाइन


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १४, २०७६
  • 1.7K
    SHARES

काठमाडौँ, १४ चैत । कोभिड– १९ का सम्भावित विरामीको उपचार गर्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले ३० श्ययाको निगरानी कक्ष९ क्वारेन्टाइन ० स्थापना गरेकोे छ ।

अस्पतालका अध्यक्ष दीपक कुँवरले अस्पतालमा रहेको विशेष सघन उपचार कक्षलाई क्वारेन्टाइन र कोभिड–१९ को उपचारका लागि प्रयोगमा ल्याउन लागिएको जानकारी दिनुभयो । “३० श्ययाको क्वारेन्टाइन वार्डलाई प्रत्येक दुई मिटरको दूरीमा राख्दा १९ श्यया तयारी अवस्थामा रहेको र बाँकी ११ श्यया पनि थप्न सकिन्छ”, उहाँले भन्नुभयो ।

सो अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रनलयको निर्देशनअनुसार चैत ५ गतेदेखि नै छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा ल्याइसकेको तथा इन्फेक्शन कन्ट्रोलका लागि स्थापनाकालदेखि नै ‘इन्फेक्शन कन्ट्रोल डिपार्टमेन्ट’ स्थापना गरेको अध्यक्ष कुँवरले बताउनुभयो ।

अस्पतालले विगतका दिनमा अफ्ठ्यारो परेको समयमा समेत बिरामीलाई उपचार गरेको बताउँदै उहाँले आगामी दिनमा पनि सरकारसँगको सहकार्यमा अस्पतालले काम गर्ने उल्लेख गर्नुभयो ।

अस्पतालले सो भाइरसको उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीलाई गाँस, बासका साथै विशेष आइसोलेशन कोठाको समेत व्यवस्था गरेको छ । टोखामा ६ वर्षपहिले स्थापना भएको ग्राण्डी अस्पतालमा हेलिप्याडसमेत रहेको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ग्राण्डी अस्पतालले क्वारेन्टाइन स्थापना गरेसँगै टोखा क्षेत्रमा कोभिड–१९ को सम्भावित जोखिमको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

टोखाले प्राथमिक स्वास्थ्य केन्द्र टोखामा समेत १० श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । यस्तै नगरपालिकाका प्रत्येक चोकमा हात धुन पानीको धारा जडान गरेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }