शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्राणघातक कोरोना भाइरसबाट हाल सम्म विश्वमा झण्डै ३८हजार मानिसको ज्यान गयो


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 545
    SHARES

प्राणघातक कोरोना भाइरसले विश्वमा झण्डै ३८हजार मानिसको ज्यान लिएको छ ।

मंगलबार बिहानसम्म यसबाट ज्यान जानेको संख्या ३७ हजार ८५६ जना पुगेको छ ।  यसबाट गम्भीर स्वस्थ्य अवस्थामा रहेका नागरिकको संख्या २५ हजार भन्दा बढी छ । उनीहरुको अवस्था गम्भीर पनि रहेको बताइएको छ ।

अमेरिका यो सङ्क्रमणबाट सबैभन्दा बढी पीडित बन्न पुगेको छ । यहाँ सङ्क्रमित हुनेको संख्या डेढ लाख नाघेको छ । यहाँ अहिलेसम्म १ लाख ६४ हजार भन्दा बढी नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८१२ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९१ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रहीआएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु एक लाख १ हजार ५४९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।

मङ्गलबार बिहानसम्मको इटालीको अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या सात हजार ७१६ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८७ हजार ९५६ पुगेका छन् । यहाँ १६ हजार ७८० नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।

संयुक्त राज्य अमेरिकामा ३ हजार १६७ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर सात लाख ८५ हजार ८०७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३७ हजार ८२० नागरिकको ज्यान गएको छ ।

मङ्गलबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ६५ हजार ६५९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ५१८ जना सङ्क्रमित रहेका छन् । यसैबीच ७६ हजार ५२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा यस सङ्क्रमणका कारण २ हजार ७५७ जनाको मृत्यु भएको छ । हाल ४१ हजार ४९५ जना सङ्क्रमित रहेका छन् । तेह्र हजार ९११ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ६४५ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६६ हजार ८६५ जना सङक्रमित रहेका छन् । यहाँका तेह्र हजार ५०० उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण तीन हजार २४ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४४ हजार ५५० सङ्क्रमित रहेका छन् । यहाँका सात हजार ९२७ नागरिक उपचारपछि घर फर्किएका छन् ।

संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार ४०८ व्यक्तिको मृत्यु भएको छ । यहाँका २२ हजार १४१ सङ्क्रमित भएका छन् । यहाँका करिब १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैबीच प्राप्त पछिल्लो समाचारमा भारतमा पनि यसबाट एकै दिन सयौँ संक्रमित भएको देखिएको छ । सोमबार रातिदेखि मंगलबारसम्म यहाँ संक्रमितको संख्या करिब ३०० पुगेको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा संक्रमित हुनेहरु १ हजार २५१ जना पुगेका छन् । भारतमा यसबाट ज्यान जाने नागरिकको संख्या पनि ३२ पुगेको बताइएको छ ।

भारतमा संक्रमितहरुको संख्या बढेसँगै नेपालमा पनि खतरा बढ्ने गर्दछ । त्यसैले पनि नेपाल सरकारले भारतबाट नेपाल छिर्ने व्यक्तिलाई कडाई गरिरहेको भए पनि मानिसहरु लुकिछिपी नेपाल प्रवेश गरिरहेका बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }