शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

विवादास्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १९, २०७६
  • 530
    SHARES

अन्ततः विवादास्पद स्वास्थ्य उपकरण खरिद गर्न सरकारले गरेको सम्झौता रद्द भएको छ ।

ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभागले जानकारी दिएको हो ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले आज सो बारेमा जानकारी दिएका हुन् । कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

बिना प्रतिस्पर्धा  बजार मूल्यभन्दा पनि निकै नै महंगोमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै स्वास्थ्यमन्त्री र सरकारको नै आलोचना र चौतर्फीरुपमा विरोध भएको थियो।

सम्झौता अनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायत धेरै स्वास्थ्य सामग्रीहरु नेपाल समेत ल्याई सकेको थियो।

तर त्यसरी ल्याईएको सामाग्री गणस्तरिय नभएको भन्दै स्वयम चिकित्सकले समेत प्रयोग गर्न नमाने पछि सरकार समस्यामा परेको थियो। सबैको विरोधपछि सरकार उक्त कम्पनीसँगको खरिद सम्झौता नै रद्द गर्ने निर्णयमा पुगेको  छ ।

विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै, ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए ।

श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । १ लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झोता थियो ।

तर १० हजार थान मात्र आयो । एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजा एन९५ मास्क र र १ लाख जोडा ग्लोब्स मात्र आएको छ ।

तर तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्‍यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको छ । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }