बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सुचारु


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 533
    SHARES

कोरोना भाइरसको त्रास तथा यसको रोकथाम गर्न सरकारले मुलुकभर लकडाउन (बन्दबन्दी) गरेपछि रोकिएको सान्जेन जलविद्युत आयोजनाको निर्माणको काम सुचारु भएकोे छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ठूला आयोजना तथा उद्योग चलाउन सकिने निर्णय गरेसँगै कामले निरन्तरता पाएको हो । स्थानीय प्रशासन तथा स्थानीय निकायको सहयोग र समन्वयमा ८२.५ सान्जेन तथा १४ .८ को माथिल्लो सान्जेन जल विद्युत आयोजनाका कामहरु सूचारु गरिएको हो ।

सोमवारबाट आयोजनाकै जोखिम कार्यमध्येको पेनस्टक ओईडिङको ब्लाष्टिङ्गको कार्य पनि पुन शुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए ।

आयोजनामा सिमेन्ट र डन्डी केही दिनलाई मात्र रहेकाले ढुवानी सहजताका लागि सरकारले आपूर्ति व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।

अहिले माथिल्लो सान्जेन र सान्जेन जलबिद्युत दुबै आयोजनामा ३ सय कामदारले काम गरिरहेका छन् । आयोजनाको काम सुरुङभित्र गरिने तथा बस्ती भन्दा केहि टाढा रहेकाले  काम सुचारु भएको श्रेष्ठले जानकारी दिए ।

कामदारको स्वाथ्य परीक्षणका लागि भने आयोजनाले स्थानीय निकाय तथा जिल्ला बिपत ब्यबस्थापन समितीसँग समन्वय गरेर अगाडि बढ्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }