बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्य शिबिर संचालन


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 542
    SHARES

रसुवाको उत्तरगया गाउँपालिका १ तिरु र गोगनेमा रुघाखोकीको बिरामी बढेपछि स्वास्थ्य शिबिर संचालन गरिएको छ । रुघाखोकिका बिरामी बढेको गुनासो आएसँगै गाउँपालिकाको स्वास्थ्य टोलि गाउँमै पुगि स्वास्थ्य शिबिर संचालन गरेको हो ।

सोमबार गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रबिन्द्र ठकुरीको नेतृत्वमा मेडिकल टोलि खटाई स्वास्थ्य परिक्षण गरि औषधी बितरण गरिएको गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले बताए । उनले भने रुघाखोकीका बिरामी बढेको जानाकारी आएसँगै तत्कालै सोहि क्षेत्रमा स्वास्थ्य टोलि परिचालन गरि हरेक व्यक्तिको स्वास्थ्य परिक्षण गरि समस्या भएकाहरुलाई औषधी दिएका छौँ, अहिले आत्तिनुपर्ने अवस्था छैन्,

गोगने र तिरुका करिब दुई सय नागरिकको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रबिन्द्र ठकुरीले बताए । परिक्षण गरिएका मध्ये १० जनामा ज्वरो आएको, करिब ४० जनामा रुघाखोकी लागेको र अन्य केहिमा पखाला लाग्ने र दमको बिरामी रहेको उनले बताए । उनले भने सामान्य रुघाखोकि रहेछ त्यस्तो जटिल केहि छैन्, स्वास्थ्य परिक्षण गरि औषधी दिई स्वास्थ्य सम्बन्धि परामर्श दिएका छौँ, ।

गोगने रतिरुका नागरिकमा देखिएको समस्या सिजनल प्mलु भएको र अहिले आत्तिनु नपर्ने उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बिशेष गरि सरसफाई र खानपानमा ध्यान दिन पनि स्वास्थ्यकर्मिहरुले अनुरोध गरेका छन् ।

ठकुरीले भने, ज्वरो आयो भने अहिले कोरोना भइहाल्यो कि भन्ने शंका छ, तर त्यस्तो होइन गोगने र तिरुमा बाहिरबाट गएको मानिसहरु छैन्, यो सिजनल प्mलु हो, आत्तिनु पर्ने अवस्था छैन्, तर बिशेष ध्यान दिनुपर्छ, ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }