शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्नातक चौथो वर्षका परीक्षा पनि स्थगित गरिने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 548
    SHARES

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेसँगै त्रिभुवन विश्वविद्यालयले पनि स्नातक चौथो वर्षका सबै परीक्षा स्थगित गर्ने भएको छ । कोरोना भाइरसको त्रासका कारण विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको भन्दै स्नातक चौथो वर्षका परीक्षाको मिति सार्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार केही दिनभित्रै स्नातक चौथो वर्षको परीक्षा स्थगित गरिएको सूचना जारी गरिनेछ ।

यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको परीक्षा नियन्त्रक जोशीले जनाकारी दिए । उनले भने, ‘वैशाख २१ गतेदेखि हुन लागेको कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बार्डले स्थगित गर्ने निर्णय गरिसकेको छ । हाम्रो १६ गतेदेखि परीक्षा हुने समय तालिका सार्वजनिक गरिएको थियो । तर, कोरोनाको त्रासमा विद्यार्थीहरू जताततै छरिएका छन् । त्यसलाई ध्यानमा राखेर हामीले पनि परीक्षा सार्ने तयारी गरेका छौं ।’

स्नातक चौथो वर्षको परीक्षा वैशाख १६ देखि जेठ ५ गतेसम्म हुने तालिका सार्वजनिक भएको थियो । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले पनि कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै चैत २५ गते (आज) ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }