बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

सूचना प्रविधिका माध्यमबाट भर्चुअल कक्षा सञ्चालनका लागि तयार रहन शिक्षामन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 446
    SHARES

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइन प्रणाली मार्फत् शिक्षा प्रदान गर्ने विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्नुभएको छ ।

भिडियो कन्फरेन्समार्फत मन्त्री पोखरेलले त्रिभुवन, सुदूरपश्चिम, काठमाडौँ, मध्यपश्चिम, पोखरा, र खुल्ला विश्वविद्यालयका उपकुलपतिसँग सो संवाद गर्नुभएको हो ।

मन्त्री पोखरेलले हालको विषम स्थितिमा विश्वविद्यालयले गरिरहेको काम र भावी दिनको तयारीबारे जानकारी लिई सूचना प्रविधिका माध्यमबाट भर्चुअल कक्षा सञ्चालनका लागि पनि तयार रहन निर्देशन दिनुभएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताउनुभयो ।

कोभिड-१९ को महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी भएपछि अनलाइन, टेलिभिजन र रेडियो आदिमार्फत् पढाउने तयारी भइरहेको शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो । संकटका बेला पनि सिक्न पाउने अधिकार सुनिश्चित गर्ने गरी पढाउने तयारीमा लागेको उहाँको भनाई छ । त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्टले एमबीए र एमफिल तहको अनलाइन कक्षा सुरु गरिसकेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }