बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरस महामारी विरुद्ध लड्न अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २, २०७७
  • 552
    SHARES

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना भाइरस महामारी विरुद्ध लड्न सहयोग दिने भएको छ । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिन जर्जिवाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई कारोना महामारी बिरुद्ध लड्नका लागि आवश्यक आर्थिक सहयोग गर्ने जानकारी गराएकी छिन ।

आइएमएफले उलपब्ध गराउने अनुदान सहयोगले गरिव र कमजोर देशहरुलाई आगामी ६ महिनामा प्रारम्भिक चरणका लागि मुद्रा कोषको ऋण दायित्व पूर्ति गर्न सहयोग पुग्ने छ।

कोषले महत्वपूर्ण, आकास्मिक र अत्यावश्यकीय चिकित्सकीय र अन्य राहतका लागि वित्तीय साधन परिचालन गर्न सो सहयोग रकम पुग्ने जानकारी दिएको छ ।

बढ्दो कोरोना महामारीलाई ध्यानमा राख्दै नेपाल लगायत विश्वका २५ अति गरिव सूचीमा पर्ने देशहरुलाई आकस्मिक ऋण सेवा राहत दिन अनुदान उपलब्ध गराउन लागेको आईएमएफकी म्यानेजिङ डाइरेक्टर जर्जियवाले बताइन्।

आईएमएफको रिलिफ ट्रस्ट सिसिआरटी अन्तर्गत ति देशहरुलाई यो सहयोग उपलब्ध गराउने छ । सिसिआरटीले तत्कालका लागि करिब ५० करोड अमेरिकी डलर अनुदान दिने छ ।

आईएमएफका अनुसार हालै बेलायतले दिएको १८ करोड ५० लाख डलर र जापानले दिएको १० करोड डलर प्रयोग गरिने छ ।

कोषले नेपाल लगायत अफगानिस्तान, बेनिन, बुर्किना फासो, सेन्ट्रल अफ्रिकन रिपब्लिक चाड, कोमोरस, कंगो, गाम्बिया, गुयना, गुयना बिसउ, हैटी, लाईबेरिया, मादागास्कर, मालावी, माली, मोजाम्बिक, नाइगर, रुवाण्डा, साओ तोम, प्रिन्सीप, सियरा लियोन, सोलोमन आइल्याण्ड, ताजगिस्तान, टोगो र यमन रहेका छन्।

भुक्तानी सन्तुलन र विदशी विनिमय मौज्दात व्यवस्थापन गर्न आईएमएफबाट र्यापिड क्रेडिट फेसलिटी अन्तर्गत ७ करोड ८५ लाख एसडीआर अर्थात १३ अर्ब ९ करोड रुपैयाँ बराबरको कोटा सुविधा पाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }