बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कुखुरा पालन व्यवसायमा दैनिक २२ करोडको क्षति


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २, २०७७
  • 540
    SHARES

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण नेपालको पोल्ट्री क्षेत्रमा पनि ठूलो धक्का लागेको छ । लकडाउनका कारण किसानका फार्ममा तयारी अवस्थाका कुखुरा विक्री हुन सकेका छैनन् भने व्यवसायीले नयाँ चल्ला किन्न सकेका छैनन् ।
देशभरका ह्याचरी उद्योगले अहिले दैनिक ६ लाख चल्ला नष्ट गरिरहेको नेपाल ह्याचरी उद्योगीले जनाएका छन्।

यसबाट ह्याचरी उद्योगले मात्रै दैनिक ३ करोड ४५ लाख रुपैयाँको क्षति बेहोर्नु परेको  छ । यस्तै विक्रीका लागि तयार भएका कुखुरा समेत नबिकेर नष्ट गर्नुपर्दा अहिले समग्र पोल्ट्री उद्योगले दैनिक २२ करोड रुपैयाँबराबर गुमाउँदै आएको संघले जनाएको छ ।

अहिले सातओटै प्रदेशमा कुखुराको विक्री घटेको व्यवसायीको भनाइ छ । उनीहरूहरूका अनुसार हाल काठमाडौं, चितवन, विराटनगरलगायत ठूला शहरमा मात्र कुखुरा विक्री हुन सकेको छ । ग्रामीण क्षेत्रमा रहेका किसानका कुखुरा फार्ममै थन्किएका छन् भने कतिपयले खाल्डो खनेर पुर्न थालेका छन् ।

हालसम्म चितवनमा मात्रै ३० लाख चल्ला नष्ट भई सकेको र दानाको अभावले थप घाटा बेहोर्नुपरेको कृषकहरूको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }