बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अब मृत्यु संस्कारमा सहभागि हुन मात्र सवारी पास उपलब्ध गराउने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३, २०७७
  • 451
    SHARES

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागि हुन मात्र सवारी पास उपलब्ध गराउने भएको छ ।

कार्यालयले सवारी पासको अत्याधिक माग भएको र यसले भीडभाड हुन गई लकडाउन उलङघन हुने खतरा बढेपछि सूचना जारी गरी आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा सहभागी हुने बाहेकका कामका लागि सवारी पास नदिने बताएको हो । यस्तै बैशाख ३ गते बुधबार देखि नै यो व्यवस्था लागू भइसकेको समेत सूचनामा उल्लेख छ ।

प्रशासनले लकडाउनमा अत्यावश्यकीय सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दै आएको थियो । गृह मन्त्रालयले मंगलबारदेखि अनलाइनमार्फत ई–पास लिन सक्ने व्यवस्था गरेपछि अत्याधिक माग बढेको र यसले लकडाउनको उलङघन हुनसक्ने भन्दै मृत्यु संस्कारमा सहभागि हुन बाहेकका लागि पास वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }