बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वको कुल गार्हस्थ उत्पादन जीडीपीमा ३ प्रतिशतले संकुचन आउने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३, २०७७
  • 935
    SHARES

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) या अर्थतन्त्रमा ३ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । कोरोना भाइरस महामारीका कारण विश्वभर आर्थिक गतिविधि सुस्त भएकाले तीव्र गिरावटको संकेत देखिएको हो । महाहामारीले विश्व अर्थतन्त्रमा दुई वर्षभित्र ९० खर्ब अमेरिकी डलरको क्षति हुने आइएमएफको अनुमान छ ।

जनस्वास्थ्य संक्ट, आर्थिक गतिविधिमा अवरोध, उत्पादन र मागमा गिरावट, पुँजीको उल्टो प्रवाह, वस्तुको मूल्य ध्वस्त हुने अवस्था विश्व अर्थतन्त्रमा देखिएको आइएमएफले उल्लेख गरेको छ । त्यस्तै मुद्रास्फिति ६.७ प्रतिशत हुने अनुमान छ ।
विश्व आर्थिक परिदृश्य सार्वजनिक गर्दै आइएमफले नेपालको आर्थिक वृद्धिदर पनि घटाएको छ । नेपालमा सन् २०२० मा २.५ प्रतिशत र सन् २०२१ म ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुनसक्ने आइएमएफको प्रक्षेपण छ । यसअघि लगत्तै विश्व बैंकले नेपाली अर्थतन्त्र १.५ देखि २.८ प्रतिशतसम्म विस्तार हुनसक्ने अनुमान सार्वजनिक गरेका बेला आइएमएफको नयाँ प्रक्षेपण आएको हो ।

अनौपचारिक कामदार र दैनिक ज्यालादारी गर्नेलाई महामारीले सबैभन्दा ठूलो असर पारेको छ । खानपान र स्वास्थ्य सेवामा पहुँच सहितको उचित राहतका लागि आइएमएफले आग्रह गरेको छ । व्यक्तिहरु र साना मझौला उद्यममा राहत तथा सहयोग हस्तान्तरण गर्दा डिजिटल भुक्तानी माध्यमलाई प्राथमिकता दिन आइएमएफले सुझाएको छ । त्यस्तै कमजोर मुलुहरु अझै कमजोर बन्न सक्ने भन्दै न्यून आय भएका मुलुकहरु ऋण माफीको योजनाबारे दाताहरुले सोच्नुपर्ने आइएमएफे उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारी सन् २०२० को दोस्रो त्रैमासमा उच्च तहमा पुग्ने र यो अवधिमा सबै देशहरुले यसलाई रोक्न लकडाउन लगायतका सहारा अबलम्बन गर्दा दोस्रो त्रैमासमा आर्थिक गतिविधि नगण्य भै अर्थतन्त्रमा सबैभन्दा ठूलो गिरावट देखिने आइएमएफको अनुमान छ । त्यसपछि भने सबै राष्ट्रहरुले क्रमशः आर्थिक गतिविधि सुचारु गर्नेछन् ।

आइएमएफको यसअघिको प्रक्षेपण अनुसार विश्व अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने थियो । अहिले ३ प्रतिशतले संकुचन हुने अनुमान अनुसार विश्वले सम्भावित ६.३ प्रतिशत जीडीपी घाटा व्यहोरेको छ । आइएमएफले सरल र सुलभ स्वास्थ्य सुविधा बढाउन र निजी क्षेत्रमार्फत् अर्थतन्त्रको पुनःस्थापनामा विभिन्न वित्तिय र मौद्रिक उपायहरु अबलम्बन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }