बिहिबार, अशोज १३, २०७९

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 566
    SHARES

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार १ डलर वराबर नेपाली १ सय २३ रुपैयाँ २८ पैसा पुगेको हो । कोरोनाको प्रभाव विश्वभरी बढेको र डलरको माग बढ्न थालेपछि नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलरको भाउ १२२.६१ रुपैयाँ पुगेको थियो । तर , शुक्रबार ६७ पैसाले थप डलरको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड कायम गर्न सफल भएको हो । त्यस्तै राष्ट्र बैंकले आज १ युरोपिएन यूरो बराबर १ सय ३४ रुपैयाँ ०.६ पैसा, १ युके पौण्ड स्टलिङ बराबर १ सय ५३ रुपैयाँ ८८ पैसा र १ स्वीस फ्रान्स बराबर १ सय २७ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

त्यसैगरी कुवेत र ब्रहाइनको पनि भाउ मूल्य उच्च छ । १ कुवेति दिनार बराबर ३ सय ९९ रुपैयाँ ०४ पैसा र १ ब्रहाईन दिनार बराबर २ सय २६ रुपैयाँ ४५ पैसा कायम भरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ