बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

३५ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 445
    SHARES

नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको “विकास ऋणपत्र २०८० ‘घ’” निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ऋणपत्र वैशाख ७ गते बोलकबोल गरी ८ गते बिक्री गर्ने भएको हो । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले वैशाख ७ गते (भोली) अपरान्ह ३ बजेसम्म नेपाल राष्ट्र बैंकको वेवसाइटको अनलाइन विल्डिङ सिस्टम सफ्वयरमार्फत् बोलकबोल पेश गर्नुपर्ने छ ।

यो ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निधारण हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ऋणपत्रको साँवा भुक्तानी निष्कासनकै दिन गर्नुपर्नेछ । ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । ऋणपत्र खरिद कर्ताले घटिमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंक खरिद गर्न पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }