मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना जितेर फर्किएकी बागलुङकी बृद्धाको अनुभव- पानी धेरै खाएँ, आत्म बलियो बनाएँ’


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 408
    SHARES

बागलुङकी एक बृद्धा पनि ७ दिनको अस्पताल बसाईपछि कोरोनालाई जितेर घर फर्किएकी छिन् । कोरोना भाइरसविरुद्वको लडाईँ जितेर उनी आजँ साँझ घर फर्किएकी हुन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट शनिबार साँझ डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरले फुल दिएर विदाई गरेका थिए ।

उनको हिजो र आज कोरोनाको रिपार्ट नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त भइ शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र वि पोखरेलले बताए । उनलाई परिवारका सदस्यहरु छोरा चिरञ्जीवि शर्मा, ज्वाईं गुरु प्रसाद कँडेललगायतले अस्पतालबाट घर लिएर गएका थिए । उनी अस्पतालबाट बाहिर निस्किँदा धेरै मानिसल् उनलाई हात हल्लाएर विदाइ गरेका थिए ।

गत ४ चैतमा बेल्जियमबाट दोहाहुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती बृद्धामा २० चैतमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार, उनले कठिन परिस्थितीका बिच कोरोनाको संक्रमणलाई जितेकी छन् । उनमा रहेको स्वासप्रस्वास र उच्च रक्तचापको समस्याबाहेक कुनैपनि औषधि प्रयोग नगरी उनले कोरोनाको संक्रमण जितेकी हुन् ।

पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको डा पोखरेलले बताए । डिस्चार्ज भएकी उनलाई केही दिन होम क्वारेन्टाईनमा बस्न चिकित्सकहरुले सुझाएका छन् । ‘मैले पानी धेरै खाएँ, आज नुहाएको सास बढेको छ’ दमको पुरानै समस्या भएकी पौडेलले भनिन् ‘आज बरु गाह्रो भयो अरु दिन त मलाई सबैले सहयोग गर्नुभयो, मैले आत्माबल बढाएरै कोरोना जितेँ ।’

उनले सबैलाई धन्यवाद दिईन् । नेपालमा कोरोना संक्रमण भएर निको हुने उनी तेस्री बनिन् भने सबैभन्दा धेरै उमेरमा कोरोना संक्रमण भएर निको हुने पहिलो संक्रमित हुन् । कोरोना भाइरसको संक्रमणमा परेकी ६५ वर्षीया बृद्धाको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । उनको सम्पर्कमा आएका केही आफन्त तथा गाउँलेहरुको समेत स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । सबैको रिपोट नेगेटिभ आएको छ ।

यसैबीच उनले अस्पतालबाट निस्किने क्रममा यहाँका केही स्थानीय सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफुले पानी धेरै खाएको र आत्मबल बलियो बनाएका कारण आफूलाई कोरोनाले केही गर्न नसकेको बताएकि थिइन् । उनले भनेकी थिइन् मैले पानी धेरै खाएँ अनि मलाई केही हुन्न भनेर ढुक्क भएर बसेँ त्यही भएर मलाई केही भएन । उनले यसको दबाई केही नभए पनि आफैले आफूलाई केही हुन्न रोगलाइ जित्न सकिन्छ भनेर मन बलियो बनाएपछि केही सबै ठीक हुने अनुभव सुनाइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }