बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लामो प्रतीक्षापछि बन्ने भो गौशला- चाबहिल सडक, कोरोना कहरमा टल्किँदैछन् काठमाण्डौका सडक


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 380
    SHARES

काठमाडौं,  कोराना महामारीले उद्योग, व्यवसाय र आवागमन बन्द भएको मौकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धमाधम सडक निर्माण, विस्तार र सुधारका काम गरिरहेको छ । लामो प्रतीक्षापछि गौशला–चाबहिल सडक बन्ने भएको छ । यो सडक खण्डको ठेक्का कालिका कन्सट्रक्सन र वद्धांशी जेभीले पाएका छन् । यो संयुक्त ठेक्कामा द्रुत निर्माण गरिन लागेको हो । सवारी आवागमन नभएकाले सडक निर्माणको काम दुई सातामा सम्पन्न गर्ने लक्ष्य छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडक निर्माण अघि बढाउन शुक्रबार स्वीकृति दिएको छ । यससँगै गौशाला(चाबहिल(चुच्चेपाटी सडक मर्मतको काम अघि बढ्ने भएको छ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार, आजदेखि काम शुरु भएको हो । १५ दिनमै पुरै सडक तयार पार्ने लक्ष्य लिएको छ।

शर्माका अनुसार बैशाखभित्रै यो सडक तयार हुनेछ। भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्बाङले गौशाला-चाबहिलसहित सडक र पुल आयोजनाहरु बनाउन उपप्रधानमन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय बैठकमा प्रस्ताव लगेका थिए। लामो समयदेखि यो सडक खण्ड निर्माण नहुँदा सवारी आवागमन प्रभावित हुँदै आएको थियो । यस रुटमा यात्रा गर्नेहरु कष्टकर यात्रा गर्न बाध्य थिए भने वरपरका बासिन्दा धुलोले समस्यामा थिए । ढिलै भएपनि यो सडक मात्र बनेपछि काठमाडौंको प्रमुख रुटको सवारी आवागन सहज हुनेछ । चक्रपथको खण्ड समेत भएकाले यो रुटमा धेरै सवारी साधन चल्ने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }