शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरोकारवाला निकायहरुको काम कारबाही माथि अनुगमन गर्ने


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 456
    SHARES

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सभापति बिमलप्रसाद श्रीवास्तवको नेतृत्वमा प्रतिनिधिमण्डल बनाई सरोकारवाला निकायहरुको काम कारबाही माथि अनुगमन गर्ने भएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकले कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडाउन भएपछि समितिको काम प्रभावित भएको भन्दै प्रतिनिधिमण्डल मार्फत काम गर्ने निर्णय गरेको हो । यस्तै समितिले खाना पकाउन प्रयोग गरिने एलपी ग्यासको विषयमा पछिल्लो समय भएको कामहरुको सम्बन्धीत निकायसँग जानकारी लिने निर्णय समेत गरेको छ ।

समितिको बैठकमा सांसदहरुले लकडाउनको अवस्थामा आपूर्तिमा हुने समस्याको समाधानका लागि सरकारले तयारी गर्नुपर्ने बताएका छन् । यस्तै अत्यावस्यक क्षेत्रका उद्योग व्यवसाय सञ्चालन हुनुपर्ने, गर्नैपर्ने विकास निर्माणका कार्यहरुलाई सुचारु गर्नुपर्ने, लकडाउनमा अलपत्र परेका श्रमिकको व्यवस्थापन गर्नुपर्ने लायतका विषयमा सरकारले उचित कदम चाल्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }