बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनको आज २८ औं दिन लकडाउन पालना गराउन सुरक्षाकर्मीहरु सडकमा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ८, २०७७
  • 557
    SHARES

 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरिएको आज २८ औं दिन ।

कोभिड–१९ को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेपछि दैनिक जीवन प्रभावित भएको छ । सामाजिक दुरी कायम गर्न अवलम्बन गरिएको बन्दाबन्दिको अवस्थामा अत्यावस्यक काम र सेवाहरु भने सुचारु छन् ।

सोमबार पनि काठमाडौंमा नागरिकहरुले लकडाउनको पालना गरेको पाइएको छ । काठमाडौं उपत्यकामा बिहानको समयमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसल सम्म पुगेको भने देखिन्छ । सुरक्षाकर्मीहरु लकडाउन पालना गराउन सडकमा खटिएका छन् ।

चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् । अत्यावश्यक सेवाका सवारी साधन गुडिरहेका छन् । सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय बढाएको छ । नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३१ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }