बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंमा सवारी पासका लागी आउने लिनेको भिड यथाबत


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ८, २०७७
  • 682
    SHARES

 

कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास लिनेहरुको भिड अझै रोकिएको छैन् ।

सरकारले भिडभाड बढेसँगै अत्यावस्यक कामका लागि अनलाइनबाटै इ–पास लिने व्यवस्था गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पारिवारीक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले कार्यालयमै आएर पास माग गर्नेहरुको संख्या बढेको हो । जसले गर्दा जिल्ला प्रशासन कार्यालय अगाडि भिडभाड हुन गई कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ ।

सोमबार दिउसो पनि प्रशासन कार्यालय अगाडि यस्तै भिडभाड देखिएको छ । पास लिन आउनेहरु पनि मृत्यु संस्कारका लागि पास मागेका भने होइनन् । कोही काठमाडौंमा खानेकुरा सकिएपछि घरजान पास माग्ने श्रमिकहरु छन भने कोही कार्यालय प्रयोजनाका लागि पास माग्नेहरु छन् । यस्तै अत्यावस्यक कामका लागि घर जानुपर्ने भन्दै पास लिन आउनेहरु पनि छन्

लकडाउन सुरु भएसँगै सरकारले अत्यावस्यक कामका लागि पास दिने व्यवस्था गरेको थियो । पास वितरण गर्दा लकडाउन उलङ्घन हुने र न्यूनतम सामाजिक दूरी कायम गराउन कठिन भएपछि अनलाइनबाटै इ–पास लिने व्यवस्था गृह मन्त्रालयले गरेको थियो । तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कारको काममा लागि बाहेक अन्य कामका लागि इ–पास नदिने बताएपछि अहिले कार्यालयमै आएर पास माग्नेहरुको भिड बढेको हो । यसबाट लकडाउन उलङ्घन मात्र भएको छैन कोरोना भाइरसको संक्रमणको जोखिम समेत बढेको छ । लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद लागतयका अत्यावश्यक कामका लागि बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेश हो । तर जिल्ला प्रशासन कार्यालयले पास वितरणमा अस्पस्ट नीति लिएपछि अहिले फेरी कार्यालय अगाडि भिड लाग्ने गरेको छ । जसबाट कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }