बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंबाट बाहिरिन खोज्नेलाई प्रहरीले रोक्यो


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १०, २०७७
  • 438
    SHARES

 

काठमाडौं छाडन जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन् । जसले गर्दा बुधबार पनि काठमाडौंको खडिबुटीमा मानिसहरु पुगेका थिए । तर प्रहरीले भने रोकेको छ । खासगरी मंगलबार राती रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेपछि प्रहरीले बस सञ्चालन गर्न नदिएको हो । तरपनि मानिसहरु घर जाने भन्दै सयौंको संख्यामा जडिबुटी चोकमा भेला भएका थिए । तर प्रहरीले माथिको आदेश भन्दै बस सञ्चालन नहुने र आ–आफ्नो बासस्थानमा फर्कन आग्रह गरेको थियो ।

लकडाउन लागू भएको एक महिना हुँदापनि खुल्ने सम्भावना नदेखिएपछि दैनिकरुपमा श्रम गरेर खानुपर्नेहरुलाई समस्या हुँदै आएको छ । जसका कारण पनि काठमाडौंबाट मानिसहरु हिंडेरै घर जाने क्रम बढेको थियो । तर केही दिन यता जनप्रतिनिधि र स्थानीय तहले सवारी साधनको व्यवस्था गरी मानिसहरुलाई गन्तब्य सम्म लैजादै आएका छन् । त्यसैले बुधबार पनि आफ्नो जिल्ला जाने बस पाउने आशामा मानिसहरु जडिबुटी चोकमा दिउसो देखि नै पुगेका थिए । उनीहरुले काठमाडौंमा बस्नका लागि खाद्य सामग्री नभएको, ग्यास सकिएकोले आफ्नै घर जान लागेको बताएका छन् । खाद्य सामग्री र ग्यास किन्न पाइएपनि महँगो हुने र आफुहरुसँग पैसा नभएकोले समस्या परेको गुनासो उनिहरुको थियो । यस्तै कतैबाट पनि राहत पाउन नसक्दा घर जानुको विकल्प नरहेको समेत उनिहरुले बताए ।

सवारी साधन पाइन्छ भन्दै काठमाडौंका विभिन्न ठाउँबाट आएका व्यक्तिहरुले प्रहरीले समयमै खबर नगर्दा दुःख पाएको बताएका छन् । प्रहरीले माथिको आदेश भन्दै कुनैपनि सवारीसाधन सञ्चालन गर्न नदिने बताएपछि मानिसहरु अन्यौलमा परेका थिए । काठमाडौंको थानकोट, कलंकी, बल्खु, बालाजु, कपन लगायतका ठाउँहरु र ललितपुरको विभिन्न स्थानबाट बस पाउने आशामा मानिसहरु हिंडेरै जडिबुटी पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }