बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै नेपाल औषधि लिमिटेड


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ११, २०७७
  • 800
    SHARES

काठमाडौं, नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ ।

नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत २ गतेदेखि उत्पादन थालेको हो ।

औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजय श्री रत्न बज्राचार्यका अनुसार अहिले विभागले दैनिक आठदेखि १० हजार ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको छ भने पाँचदेखि छ हजार बिक्री वितरण भइरहेको छ ।

लिमिटेडसँग दैनिक २० हजार उत्पादन गर्ने क्षमता छ । तथापि कच्चा पदार्थ र जनशक्तिको अभावले आवश्यक मात्रामा उत्पादन गर्न सकेको छैन । सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले लकडाउनको अवस्थामा बजारको अभावलाई पूर्ति गर्न स्यानिटाइजर उत्पादन थालेको हो ।

उत्पादित स्यानिटाइजर बजारमा राम्रोसँग बिक्री वितरण भइरहेको छ । विशेषगरी सरकारी कार्यालय, विभिन्न निकाय विभागले उत्पादन गरेको स्यानिटाइजर उपभोग गरिरहेका छन् । मृतभै सकेको नेपाल औषधि लिमिटेडलाई तत्कालिन उधोग मन्त्री नवीन्द्रराज जोशीले प्राण दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }