बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जनता समाजवादी पार्टी, निर्वाचन आयोगमा दर्ता


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ११, २०७७
  • 1.1K
    SHARES

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकता भएको र बिहिबार बिहान ११ बजेपछि निर्वाद्धन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ को निवेदन दर्ता भएको हो । दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, सरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालय पुग्नु भएको थियो । दल दर्ताका लागि निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले पार्टी एकिकरण भएको जानकारी आयोगलाई दिइएको बताउनुभयो । उहाँले पार्टी प्रति असन्तुष्टी जानाएको भनिएका इस्तियाक राई र रेणु यादवले समेत पार्टीको काम गरिरहेको र पार्टीको काम प्रति कुनै असन्तुष्टि नरहेको विज्ञप्ति निकालिसकेको बताउनुभयो । उहाँले नयाँ पार्टीको पदाधिकारी गठन गर्ने कार्य समेत छिटै टुंगिने बताउनुभयो ।

यस्तै नेता राजेन्द्र महतोले दुई पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पुरा गर्ने बताउनुभयो । उहाँले विगत एक वर्ष देखिको प्रकृयालाई टुङ्गोमा पु¥याएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्चिको रक्षाका लागि राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले त्यस बाट जोगाउन आफुहरु सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘समाजवादी पार्टीृ र राजपा भनेको एकिकृत भइरहेको अवस्थामा एकतापद्ध भएर शक्ति निर्माण गर्नुपर्ने अवस्थामा काहाँ फुटाउने कुरा गरेको प्रधानमन्त्रीले, यो सरकारले अनि हामी चाहिं त्यो एकता प्रकृयालाई टुङ्ग्याइदिनु पर्छ भनेर हिजो राति बसेर दुई वटै पार्टीका उपलब्ध नेताहरु बसेर एकता प्रकृयालाई टुङ्ग्याएका छौं । राजपा र समाजवादी पार्टी, जनता समावजादी पार्टी नेपालको नाउँमा हामी एकिकृत भएका छौं । र त्यो जानकारी हामी निर्वाचन आयोगलाई दिन आएका छौं ।’ उहाँले सरकारले नै लकतन्त्रमाथि आक्रमण गरेको बताउनुभयो । लोकतन्त्र विरोधि, तानासाही र एकदलिय तानासाहलाई निरंकुश लादने गरी विधेयक ल्याइएको र त्यसलाई तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी समेत दिनुभयो । उहाँले देशमा समृद्धि, सुशासन, अधिकार र पहिचान चाहने हिमाल पहाड तराई र मधेसका जनता मिलेर राष्ट्रिय शक्तिको निर्माण गर्ने अभियानमा लागेको र त्यसको अभियान सुरु भइसकेको बताउनुभयो ।

पार्टी एकिकरण पछि बनेको नयाँ पार्टीको झन्डा यसअघि समाजवादीले प्रयोग गर्दे आएको हुने छ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति पनि दुई पार्टी बिच भएको छ । यस्तै नेताहरुको कार्यविभाजन पनि छिटै सहमतिमा टुंगो लगाउने नेताहरुले बताएका छन् । नयाँ दल दर्ताका लागि निवेदन दिइएपनि कानूनी मान्यता पाउन बढीमा ४५ दिन लाग्ने छ ।

नोटः यस समाचारमा नयाँ पार्टी दर्ता निर्वाचन आयोगमा गराएपनि नयाँ दलले मान्यता पाउन केही समय लाग्ने र नयाँ बनेको दलको कार्य विभाजन समेत भइनसकेकाले अवस्थामा पुरानै पार्टी अनुसार नेताहरुको नाम र पद राखेर पठाएका छौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }