शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाको असर नेपालमा आउने रेमिट्यान्स १४ प्रतिशत घट्ने


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 556
    SHARES

काठमाडौं । विश्व बैंकले यो वर्ष नेपालमा रेमिट्यान्स आप्रवाह १४ प्रतिशत घट्ने प्रक्षेपण गरेको छ । बैंकले विश्वव्यापी रेमिट्यान्स आप्रवाहको अवस्था प्रक्षेपण गर्दे नेपालको १४ प्रतिशत मात्र घट्ने अनुमान गरेको हो ।

गत वर्ष नेपालले मलेशिया, खाडी, युरोप र अमेरिकाबाट गरी ८ अर्ब १० डलर रेमिट्यान्स प्राप्त गरेको थियो । गएको फागुनसम्म विभिन्न मुलुकहरुबाट ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ ।

कोरोना भाइरस महामारीले आउने आर्थिक संकटका कारण नेपाललगायत विश्वका सबै मुलुकमा आप्रवाह हुने रेमिट्यान्स घट्ने अनुमान बैंकले गरेको हो । विश्व बैंकले दक्षिण एसियामा रेमिट्यान्स आप्रवाह २२.१ प्रतिशत घटेर १ खर्ब ९ अर्ब डलरमा सीमित हुने अनुमान गरेको छ ।

गत वर्ष ६.१ प्रतिशत बढेको थियो । विश्वमा रेमिट्यान्स आप्रवाह २० प्रतिशत घट्ने प्रक्षेपण गरिएको छ । यो ऐतिहासिक गिरावट भएको विश्व बैंकको भनाई छ ।

बैंकले भारतमा रेमिट्यान्स आप्रवाह २४ प्रतिशत कमी आई ६४ अर्ब डलर, पाकिस्तानमा पनि २३ प्रतिशत कमी आई १७ अर्ब डलर, बंगलादेशमा २२ प्रतिशत घटेर १४ अर्ब डलर र श्रीलंकमा १९ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

आउँदो सन २०२१ मा रेमिट्यान्स  आप्रवाहमा सुधार आई दक्षिण एसियाली मुलुकहरुमा ५.६ प्रतिशत बढेर १ खर्ब १४ अर्ब डलर पुग्ने प्रक्षेपण बैंकको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा भारी गिरावट आएपछि रेमिट्यान्स आप्रवाहमा कमी आउने बैंकले स्पष्ट पारेको छ । यसले गर्दा श्रमिकहरु बढी जोखिममा पर्ने बैंकले औल्याएको छ ।

कम र मध्यम आय भएका मुलुकहरुमा रेमिट्यान्स आप्रवाह १९.७ प्रतिशत घट्ने प्रक्षेपण बैंकको छ । यी मुलुकहरुमा रेमिट्यान्स आप्रवाह ४ खर्ब ४५ अर्ब डलर रहेको छ । विश्व नै आर्थिक मन्दीमा परेपछि यो वर्ष कम आउने भएको छ ।

रेमिट्यान्सले कम तथा मध्यम आय भएका मुलुकहरुमा गरिवी निवारणका साथै आम्दानी बढाएको छ । यसले शिक्षामा लगानी बढाउनुका साथै गरिव परिवारमा वालश्रमको संख्यामा पनि कमी ल्याएको बैंकले जानकारी दिएको छ ।

रेमिट्यान्स आप्रवाह कम भएपछि श्रमिक परिवारले खाद्यन्न र अत्यावश्यक आवश्यकता पूर्तिमा सो रकम खर्च गर्ने छन । यसबाट शिक्षामा हुने लगानी खुम्चिने भएको छ ।

विकासशिल मुलुकहरुमा रेमिट्यान्स आम्दानीको मुख्य स्रोत भएकोमा कोभिड–१९ले असर गरेको विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासले बताएका छन । रेमिट्यान्स आप्रवाहलाई सस्तो बनाउ बैंकले प्रयास गरिरहेको उनले जानकारी दिएका छन ।

रेमिट्यान्स आप्रवाह युरोप तथा मध्य एसियामा २७.५, सव–साहरा अफ्रिकमा २३.१, दक्षिण एसियामा २२.१, मध्यपूर्व तथा उत्तर अफ्रिकामा १९.६, ल्याटिन अमेरिका र क्यारेवियन मुलुकहरुमा १९.३ र पूर्वि एसियाली मुलुकहरुमा १३ प्रतिशत घट्ने अनुमान बैंकको छ ।

सन २०१९ मा ५ खर्ब ५४ अर्ब डलर रेमिट्यान्स आप्रवाह भएको बैंकले जानकारी दिएको छ । सन २०२०मा यो रकमबाट घट्ने छ । रेमिट्यान्स वाह्य लगानीको महत्वपुर्ण स्रोत भएकाले प्रत्यक्ष वैदेशिक लगानी ३५ प्रतिशतले गिरावट आउने बैंकको अनुमान छ ।

तर, सन २०२१ मा रेमिट्यान्स आप्रवाहमा केही सुधार आउने अनुमान बैंकको छ । आगामी वर्ष रेमिट्यान्स आप्रवाह ५.६ प्रतिशत बढेर ४ खर्ब ७० अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }