शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थतन्त्रलाई ऋणात्मक हुनबाट जोगाउँन कृषिकै ‘भरथेग’


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 648
    SHARES

काठमाडौं । कोरोना भाइरसका कारण नेपाली अर्थतन्त्रमा २ खर्ब हाराहारीमा नोक्सान भएको छ । कृषि बाहेक सम्पूर्ण क्षेत्र ठप्प भएकाले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ५ देखि ६ प्रतिशत नोक्सान भएको आंकलन गरिएको हो ।

कृषि बाहेकका सबै क्षेत्र एक महिनादेखि ठप्प भएकाले अर्थतन्त्रमा ५ देखि ६ प्रतिशत हाराहारीमा नोक्सान हुने आंकलन गरिएको अर्थविद् डा. शंकर शर्मा बताउँछन् । यो भनेको करिब करिब २ खर्ब हाराहारी हो ।

नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड रुपैयाँ छ । यसमध्ये कृषि क्षेत्रको योगदान ११ खर्ब रुपैयाँहाराहारी छ । कोरोना भाइसरको महामारीले कृषि क्षेत्रलाई खासै ठूलो असर गरिसकेको छैन् । त्यसैले कृषि क्षेत्रको योगदानमा खासै असर नपर्ने अर्थविद्हरु बताउँछन् ।
अर्थतन्त्रमा कृषि बाहेकका क्षेत्रको योगदान करिब २३ खर्ब हाराहारी रहेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत भइसकेका अर्थविद् शर्माका अनुसार अर्थतन्त्रलाई ऋणात्मक हुनबाट जोगाउने नै कृषिले हो । अर्थतन्त्र ऋणात्मक हुनका लागि सवा ४ खर्ब रुपैयाँभन्दा बढी क्षति हुनुपर्छ । कोरोना भाइरसबाट त्यति ठूलो क्षति हुने सम्भावना नदेखिएको उनको भनाइ छ ।

‘कृषि बाहेकका हरेक क्षेत्र नेगेटिभ भइसकेका छन् । कृषि बाहेकका क्षेत्र नेगेटिभ हुँदा पनि अर्थतन्त्र ऋणात्मक नहुनु भनेको कृषिकै भरथेग हो,’ उनले भने, ‘अर्थतन्त्रमा कृषि क्षेत्रको ११ खर्ब भन्दा बढी योगदान छ । त्यो अहिले पनि बढ्न सक्छ, तर घट्दैन ।’

अथविद् डा. गोविन्दराज पोखरेलका अनुसार कृषिबाहेक सबै क्षेत्रमा प्रभाव पर्न थालिसकेको छ । तर, सरकारले छिटो नष्ट हुने कृषि वस्तुलाई उचित तरिकाले भण्डारण गर्न सकेमा यो क्षेत्रले अर्थतन्त्र जोगाउँछ ।

जिल्ला जिल्लामा कृषकले तरकारी, दूध, मासु, कुखुरालागयतका उत्पादन सडकमा फाल्न सुरु गरिसकेका छन् । यसैगरी, कृषि वस्तु फाल्न थालियो भने अर्थतन्त्र ऋणात्मक हुने सम्भावना रहेको डा. पोखरेल बताउँछन् ।

कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कति असर पुर्याउँछ भन्ने ठ्याक्कै आइसकेको छैन् । सरकार, दातृनिकाय, विज्ञ र निजी क्षेत्रले आ–आफ्नो क्षतिको अध्ययन गरिरहेका छन् । तर, कुनै पनि निकायले यति नै क्षति भयो वा हुन्छ भनेर भन्न सक्ने अवस्था नभएकाले करिब करिब २ खर्ब हाराहारीमा क्षति हुने अनुमान पोखरेलको छ ।

विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतले नेपालको आर्थिक वृद्धिदर ठूलो परिमाणमा खुम्चिने बताइसकेका छन् ।
अर्थविद् चन्द्रमणि अधिकारीले पर्यटन, उद्योग, व्यापार, निर्माण क्षेत्र ऋणात्मक हुने सम्भावना छ । अर्थतन्मा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्र, सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको वृद्धिदर भने ऋणात्मक नहुने अधिकारी बताउँछन् ।

अर्थतन्त्रमा करिब २७ प्रतिशत योगदान गरेको कृषि क्षेत्रलाई लकडाउनले धेर थोर असर गर्न थालिसकेको छ । कृषियोग्य उत्पादनलाई बजारीकरण गर्न सरकारले तत्काल गृहकार्य नथाले यो क्षेत्र पनि ऋणात्मक हुने सम्भावना हुन्छ । अहिलेको अवस्थालाई आंकलन गर्दा कृषि क्षेत्र ऋणात्मक हुने अवस्था नरहेको उनको भनाइ छ । तर, पनि किसानले अर्बौ रुपैयाँको क्षति ब्यहोरिसकेका छन् ।सुजन ओली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }