बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

होटल क्षेत्रको आम्दानी ९० प्रतिशत घट्ने


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 778
    SHARES

काठमाडौँ,  कोरोनाले उत्पन्न संकटबाट नेपालको होटल व्यवसाय थला परेको छ । पर्यटन उद्योगमा ठूलो हिस्सा ओगट्ने यस क्षेत्रले करोडौंको कारोबार गुमाएको सम्बद्ध व्यवसायीले बताएका छन् ।
यसैबीच, होटल व्यवसायीको छाता संगठन होटल एशोसिएशन अफ नेपाल (हान)ले कोरोना प्रकोपका कारण सन् २०२० मा नेपालको होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरिएको हानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड १९ को महामारीले होटल व्यवसाय नै संकटमा परेको भन्दै हानले यस क्षेत्रलाई बचाउन तत्काल विशेष नीति ल्याएर कायान्वयन गर्न सरकारलाई अपील गरेको छ । ‘कोभिड‐१९ को महामारी नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति ऐक्यबद्धता व्यक्त गर्दै विषम परिस्थितिमा होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्न हानले सरकारलाई अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा हानले भनेको छ ।

हानले पर्यटन उद्योग पूर्णरूपमा पुनःस्थापना नभएसम्म जनशक्ति व्यवस्थापन, बैंकको ऋण, घरभाडा व्यवस्थापन, विद्युत् महशुल, स्थानीय सरकारको सम्पत्ति करलगायतको उचित व्यवस्थापनलाई ध्यानमा राख्दै नीति निर्माण गर्न पनि अनुरोध गरेको छ ।
सन् २०१९ को तुलनामा सन् २०२० मा होटल उद्योगबाट हुँदै आएको कूल आम्दानी १० प्रतिशतभन्दा कम हुने आँकलन गर्दै हानले होटल उद्योगले यो वर्ष खर्च धान्नै नसक्ने औंल्याएको छ । होटल उद्योगले अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै हानले अर्बौंको लागानीमार्फत लाखौंको संख्यामा रोजगारी दिएको तथ्यलाई मनन गरी अहिलेको संकटले नेपाली अर्थतन्त्र तथा बहुआयामिक क्षेत्रमा पार्न सक्ने प्रभावको यथाशीघ्र विश्लेषण गर्न समेत सरकारलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }