शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भूकम्पको ५ वर्ष: निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 619
    SHARES

काठमाडौं । विनासकारी भूकम्प गएको शुक्रबार ५ वर्ष पूरा भएको छ । आजकै दिन २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ९ हजार बढी व्यक्तिले ज्यान गुमाउनुका साथै ५ खर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको थियो ।

भूकम्पले ठुलो क्षति गरेपछि उद्धार तथा पुननिर्माणमा भारत, चीन, जापान, कोरिया, युरोपेली संघ (ईयु) अमेरिकालगायत द्धिपक्षीयका साथै एसियाली विकास बैंक, विश्व बैंकलगायत वहुपक्षीय दातृ निकायले दिल खोलेर सहयोग गरेका थिए ।

क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण गर्न दातृनिकायहरुको सल्लाहमा सरकारले अधिकारसम्पन्न राष्ट्रिय पुननिमार्ण प्राधिकरण स्थापना गरेका हो ।  प्राधिकरणबाट सुरु भएको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले साउनदेखि प्राधिकरणको भूमिका सकिने बताएका थिए । यद्यपी कोरोना भाइरस महामारीले गर्दा पुननिर्माणको काममा प्रभावित भएपछि समय थपिने संभावना बढेको छ ।

प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको जानकारी दिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १४५ अर्थात २६ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेको जानकारी गराएको हो ।

पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपियाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ गरी ३ खर्ब ८१ अर्ब रुपियाँ खर्च भएको छ ।

अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६५० अर्थात ७२ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }