मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १३, २०७७
  • 552
    SHARES

जिल्ला विपद व्यवस्थापन समिति रसुवाले जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जिल्ला विपद व्यवस्थापन समिति रसुवाको भण्डार गृहमा रहेको कोरोना संक्रमण नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिममा पत्रकारहरु पनि रहेको हुँदा कोरोना संक्रमणबाट बच्न जिल्लामा क्रियाशिल पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

प्रमुख जिल्ला अधिकारी भण्डारीले जिल्लाका सबै पत्रकारहरुलाई बितरण गर्ने प्रयोजनका लागि फेस मास्क ४ सय ५० वटा, ग्लोप्स ३० वटा, ह्यान्ड स्यानेटाइजर २४ वटा एन ९५ मास्क २४ वटा, हर्बल बुट्टि ६० पिस नेपाल पत्रकार महासंघलाई प्रदान गरेका हुन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका पत्रकारलाई स्वास्थ्य सामाग्रीको अभाब भएमा संम्भब भएसम्म उपलब्ध गराउदै जाने समेत बताए ।

बिपद व्यवस्थापन समिति मार्फत प्राप्त स्वास्थ्य सामाग्री शनिबार नै जिल्लाका सबै पत्रकारलाई बितरण गरिएको नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }