शुक्रबार, अशोज ५, २०८०

रसुवाको ग्रामिण भेग हाकुबेशी जोड्ने पुलले निरन्तरता पाउदै


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १३, २०७७
  • 516
    SHARES

रसुवाको आमाछोदिङ्मो गाँउपालिकाको हाकुबेशी स्थित त्रिशुली नदीमा पुल निर्माणको कामले निरन्तरता पाएको छ । बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अधिकांश ठाउँहरुमा बन्दाबन्दीले कामदार अभाबमा निर्माणका गतिविधिहरु रोकिएपनि त्रिशुली नदीमा पुल निर्माणको कामले निरन्तरता पाएको हो।

माथिल्लो त्रिशुली एक जलबिद्युत आयोजनाको आर्थिक तथा गाँउपलिकाको प्रबिधिक सहयोगमा पुलको निमार्णको काम भएको हो ।

आमाछोदिङ्मो गाँउपालिकाले बाहिरी जिल्लाका मानिसहरुलाई काममा राखि आवश्यक पर्ने खाना र बासको ब्यबस्था समेत गरि सामग्री जुटाएर काम गरेकाले पुलको कामले निरन्तरता पाएको गाँउपालिकाका प्रमुख बुचुङ तामाङले बताए ।

बन्दाबन्दी सुरु हुनु अगाबै सामान आइपुगेको र कामदारहरु बाहिरी जिल्लाको रहेपनि उनीहरुले काम गरि रहेकोले कामले निरन्तरता पाएको उहाँले बताए । लकडाउन सुरु हुनुभन्दा पहिले नैआफुहरु काममा आई सकेकाले काम सकिएर मात्र घर फर्कने कामदारहरुको भनाई छ ।

गाँउपालिकाको एक र दुई नम्बर वडामा त्रिशुली नदिमा पुल निमार्ण हुनु अगाबै कच्ची सडक भने निर्माण भईसकेको छ । रसुवा जिल्लाको प्राय सबै वडाहरुमा सडक पुगे पनि गोसाइँकुण्ड गाँउपालिकाको लाङटाङ तथा आमाछोदिङ्मो गाँउपालिकाको हाकुमा अहिले सम्म यातायातका साधन पुग्न सकेका छैनन ।

यातायातका साधन नचलेकै कारण अहिले पनि स्थानीयहरुले खच्चर बाट खाध्यान्य तथा निमार्णका सामाग्रीहरु ढुवानी गर्दै आएका छन । पुल निमार्ण पश्चात आमाछोदिङ्मो गाँउपालिकाको एक र दुई नम्बर वडा गल्छी–त्रिशुली–स्यापु्रmबेशी–रसुवागढी सडक मार्ग सँग जोडने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ