
काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष शेष घलेले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा ३ करोड रुपैया सहयोग गरेको छ । घले र श्रीमती जमुना गुरुङद्वारा स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसले महामारी नियन्त्रणमा संघर्ष गरिरहेका नेपाली दाजुभाई दिदीवहिनीलाई सहयोग गर्ने हेतुले सो रकम सहयोग गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोषका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कायौलयका सचिवलाई चेक हस्तान्तरण गरेका छन् । यस अघि नेपालमा आईपरेका ठूला विपतहरु भूकम्प, नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेशनले सहयोग गरेको थियो ।