शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पिसिआर परीक्षणको दायरा बढाउन काँग्रेसको माग


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १४, २०७७
  • 703
    SHARES

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले र्यापिड डाइग्नोष्टिक (आरडिटी) परीक्षणमा मात्रै भर पर्न नसकिने बताएको छ ।

आरडिटी परीक्षणमाथि विश्वव्यापी प्रश्न उठिरहेका बेला यसको भर पर्न नसकिने भएकाले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने कांग्रेसले बताएको हो ।

आइतबार पार्टी कार्यालय सानेपामा पार्टीका पूर्व स्वास्थ्यमन्त्री र चिकित्सकहरुसँगको छलफलपछि कांग्रेसले समुदायस्तरसम्म परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष निकाल्दै यस्तो बताएको हो ।

छलफलपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले लक डाउनको समुचित उपयोग गर्न सरकार चुकेकोले आरडिटी परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष छलफलले निकालेको बताउनुभयो । चिकित्सकहरुका लागि आवश्यक अति आवश्यक स्वास्थ्य सामग्रीहरु प्रयाप्त उपलब्ध गराउनुपर्ने, चिकित्सकहरुलाई हतोत्साहित गर्नुके सट्टा साथ दिनुपर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

कांग्रेसले अस्पतालको क्षमता बढाउनुपर्ने, उपकरण औषधि र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने सुझाव पनि सरकारलाई दिएको छ । कोरोनाले मात्रै विरामीको मृत्य नहुने भएकाले अन्य रोगका विरामीको स्वास्थ्य उपचारतर्फ पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

छलफलमा सहभागि चिकित्सक डा. केदार नरसिंह केसीले कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको बताउनुभयो । कोरोना रोकथामका लागि सरकारले गरेका प्रयासहरु प्रयाप्त नभएको, घोषणा गरेअनुसार जनताले राहत पाउन नसकेकोले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष छलफलले निकालेको उहाँले बताउनुभयो ।

कोरोनाको जोखिम सामना गर्ने क्रममा भएका प्रगति, कमजोरी, सरकारले गरेका काम र गर्न नसकेका कामका विषयमा छलफल गर्न पार्टी पदाधिकारी, पूर्व स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }