मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘द्वन्द्वकालीन गम्भिर घटनामा क्षमा मिल्दैन’


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 406
    SHARES

काठमाडौ । सर्वोच्च अदालतले द्वन्द्वकालीन गम्भिर घटनालाई उन्मुक्ति दिन नसकिने आफ्नो निर्णय उल्टाउन अस्विकार गरिदिएको छ । संक्रमणकालीन न्यायसम्बन्धी आफ्नो यसअघिको फैसलालाई पुनरावलोकन गर्न आवश्यक नरहेको ठहर गरेको हो । ५ सदस्यीय बृहत् पूर्ण इजलासले पाँच वर्षअघिको फैसला पुनरावलोकन गर्न नपर्ने ठहरसहित निस्सा दिन अस्विकार गरेको छ । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी लगायतले दायर गरेको रिट निवेदनको १४ फागुन २०७१ को फैसलाले द्वन्द्वकालीन न्याय निरुपणमा अप्ठेरो परेको भनी सरकारले नै त्यो फैसला उल्ट्याउन सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको वृहत पूर्ण इजलासले पुनरावलोकनमार्फत् अदालतको अघिल्लो फैसला उल्ट्याउन सरकारले दिएको निवेदन खारेज गरिदिएको हो । न्यायाधीशहरू कल्याण श्रेष्ठ, वैद्यनाथ उपाध्याय र चोलेन्द्र शमशेर जबराले २०७१ सालमा गरेको उक्त फैसलाले पीडितको हितलाई केन्द्रमा राखेर मात्रै नेपालको संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन आदेश दिएको थियो । पीडितको पक्षमा कोशेढुंगा मानिएको उक्त फैसला उल्ट्याउने सरकारी प्रयासलाई सर्वोच्च अदालतले आइतवार अस्वीकार गरेको हो । सर्वोच्चको आदेश अनुसार अब त्यस्ता घटनामा संलग्न भएकालाई कानुनी कारवाही अगाडी बढाउन बाध्यकारी हुनुपर्नेछ ।

२०७२ को चैतदेखि सुनुवाइ भइरहेको यो पुनरावलोकन निवेदन खारेज भएपछि अब सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनसम्बन्धी ऐनलाई सर्वोच्चको पुरानै आदेश बमोजिम संशोधन गर्नुपर्नेछ । सर्वोच्च अदालतले दशक लामो हिंसात्मक विद्रोहकालमा भएका अपराधसँग सम्बन्धित अदालतमा विचाराधीन रहेका मुद्दामा नियमित फौजदारी कानून र अदालती प्रक्रिया आकर्षित हुने तथा गम्भीर अपराधमा क्षमादान नमिल्ने फैसला गरेको थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबीन आयोग गठन सम्बन्धी ऐनबारे परेको रिटमा अदालतले सुनाएको फैसलाले माओवादीको दशक लामो हिंसात्मक विद्रोहकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउने मार्ग खोलेको थियो भने अदालतमा विचाराधीन मुद्दा संक्रमणकालीन न्यायका संयन्त्रहरूमा नजाने फैसला सुनाएको छ । द्वन्द्वकालका पीडितको न्याय पाउने हक सुनिश्चित गर्ने गरिको सर्वोच्चको उक्त फैसला संक्रमणकालीन न्यायिक प्रक्रियामा नौलो र अनुकरणीय थियो। द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा समेत पीडित र पीडकबीच मेलमिलाप गराएर घुमाउरो तवरले क्षमादान दिने दुरासयसहित ऐन ल्याइएको थियो र त्यसमा संशोधन गर्न अदालतले आदेश दिएको थियो ।

मेलमिलाप जबर्जस्ती लाद्न नसकिने, पीडितको आत्मसम्मानमा चोट पुग्ने गरी मेलमिलाप हुन नहुने र मेलमिलाप गम्भीर मानवअधिकार उल्लंघनका दोषीहरूलाई आममाफी दिने माध्यमका रूपमा प्रयोग हुन नसक्ने र नहुनेु अदालतले स्पष्ट गरेको थियो । सर्वोच्चले यातना, बलपूर्वक बेपत्ता, बलात्कार र नियन्त्रणमा लिएर गरिएको हत्यालाई गम्भीर प्रकृतिका अपराधमा सूचीकृत गर्दै तिनमा पीडितको सहमति हुँदा पनि मेलमिलाप हुन नसक्ने आदेश दिएको थियो ।

सरकारले सर्वोच्च अदालतको यस्तो आदेश मुताबिक कानून संशोधन गर्नुको सट्टा पुनरावलोकनमार्फत् सर्वोच्चको आदेश नै खारेज गर्ने बाटो समातेको थियो । ११ साउन २०७२ मा सुशील कोइराला नेतृत्वको सरकारले (कानूनमन्त्री नरहरी आचार्य) सर्वोच्च अदालतको यस्तो आदेश उल्ट्याउन माग गर्दै पुनरावलोकनको निवेदन दिने निर्णय गरेको थियो । सौर्य दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }