बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जिल्ला आइपुगे अड्किएका रसुवाली, ढिला विवरण आउदा बाटोमा समस्या


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 659
    SHARES

लकडाउनका कारण जिल्ला बाहिर समस्यामा परेका रसुवाका करिब चार सय नागरिकलाई आइतबार जिल्ला ल्याइएको छ । रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यको पहलमा काठमाण्डौमा समस्यामा परेका ३ सय ७७ जनालाई उद्धार गरि जिल्ला ल्याइएको हो ।

उद्धार गरिएकाहरु बिद्याथी, मजदुर र बिरामीहरु रहेको बताइएको छ । उद्धार गरेर ल्याइएकाहरु सोमबार बिहान १० बजेसम्म रसुवा र नुवाकोटको सिमा क्षेत्र बेत्रावतीमा अड्कीएका थिए । सम्बन्धित निकायले विवरण ढिला पठाउदा केहि समय रोकिनुपरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । एकैपटक धेरै जना आएको हुँदा विवरण लिनुपर्ने हुदाँ केहि समय बेत्रावतीमा अड्किएको हो, उनले भने, अहिले सबैजनालाई सम्बन्धित गाउँपालिकामा निर्माण भएको क्वारेन्टाइनमा राखिसकेका छौँ, ।

रोक्किएका सबैलाई सम्बन्धित गाउँपालिकाका वडाध्यक्षकको जिम्मा लगाई क्वारेन्टाइनमा पठाइएको बताइएको छ । गाउँपालिकामा क्वारेन्टाइनको बिस्तार गर्नुपर्ने र केहि ढिलाई हुदाँ रोक्किनुपरेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । जिल्लामा हामीले समन्वय गरिरहेका थियौ, विवरण पठाउन ढिलो हुदाँ समस्या आएको हो, अहिले सबैको व्यवस्थापन भइसकेको छ, ।

बेत्रावतीमा अड्किएका सबैलाई आइतबार बिहानै जिल्लाको पाँचै वटा गाउँपालिकाका निर्माण भएको क्वारेन्टाइनमा व्यवस्थापन गरिसकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जिल्ला भित्रिएका उनीहरुको सोमबार आरडिटी परिक्षण गरि सेल्फ क्वारेन्टाइनमा पठाउने बिषयमा छलफल भइरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

उद्धार गरि ल्याइएकाहरुलाई बेत्रावतीमा अलपत्र पारिएको र संक्रमणको जोखिम बढाएको भन्दै आइतबार रातिदेखि अफबाह फैलाइएको थियो । बेत्रावतीका स्थानिय समाजसेवी गणेश श्रेष्ठका अनुसार बसमा आएका यात्रुहरु गाडिबाट बाहिर ननिस्किएको र संक्रमण फैलाउने कुनै पनि गतिबिधि नगरेको बताए । आइतबार जिल्लाको कालिका गाउँपालिकाको जिबजिबेमा एक जना बित्नु भएको थियो, उहाँको लास जलाउनका लागि बेलुकि ६ः३० देखि मलामीको रुपमा आएका मानिसहरु थिए, उनले भने, मेरो घर अगाडि लस्करै गाडिको लाइन थियो, गाडिको मानिसहरु कोहि बाहिर निस्कीएका छैनन् र फोहोर पनि गरेका छैनन् ।

लकडाउन अडिकएका उनीहरुको उद्धारका लागि सांसद आचार्यले सबै व्यवस्था गरेका हुन् । जिल्ला पठाउनु अघि उद्धार गरिएका उनीहरु सबैको ग्रिन सिटी हस्पिटलमा बिषेशज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण गराई ट्राभल हिस्ट्रि लिई जिल्ला पठाइएको सांसद आचार्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }