शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सिभिल अस्पतालमा स्वाब कलेक्सन बुथ


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 945
    SHARES

देशकै एकमात्र निजामति कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ ।

काठमाडौंको नयाँ बानेस्वर स्थित निजामति कर्मचारी अस्पतालमा राष्ट्रिय आविस्कार केन्द्रमा निर्माण भएको स्वाब कलेक्सन बुथ राखिएको हो । राष्ट्रिय कर्मचारी संगठन निजामती र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीहरुको सहयोगमा उक्त स्वाब कलेक्नस बुथ राखिएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिर्घराज आर.सि.ले बताउनुभयो । उहाँले कोरोना भाइरसको आशंका लागेका विरामीहरुको स्वाब कलेक्सनका लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब कलेक्नसन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने संक्रमणको जोखिमबाट जोगाउने बताउनुभयो । त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पीपीइ लगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताउनुभयो । स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीहरुलाई पनि राम्रो सेवा दिन सक्ने उहाँले बताउनुभयो ।

स्वाब कलेक्सन बुथ उपलब्ध गराउँदै सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अस्पतालले सुरक्षित रुपमा बिरामीको स्वाब कलेक्सन गर्न यसले सहयोग पु¥याउने बताउनुभयो । यस्तै राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरि रावलले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई संक्रमणको जोखिमबाट जोगाउन यसले सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय आविस्कार केन्द्रले स्वाब कलेक्सन बुथ पूर्ण रुपमा बैज्ञानिक र सुरक्षित रुपमा निर्माण गरिएको जनाएको छ । बुथमा प्रयोग गरिएका सामग्रीहरु गुणस्तरीय रहेको र बुथ भित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको केन्द्रले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }