शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ३ सय १९ जना क्वारेन्टाइनमा, व्यवस्थापनमा समस्या आएपछि सर्बपक्षिय बैठक बोलाइयो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १६, २०७७
  • 347
    SHARES

रसुवामा तिन सय १९ जनालाई क्वारेन्टानमा राखिएको छ । कोभिड १९ सूचना केन्द्र रसुवाका अनुसार लकडाउनको समयमा जिल्ला बाहिर अलपत्र परेका रसुवावासी र अन्य जिल्लाबाट कामको सिलसिलामा रसुवा प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो ।

जिल्लाभरिको क्वारेन्टाइनमा १ सय ५४ जना महिला र १ सय ६५ जना पुरुष रहेको कोभिड १९ रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
जिल्लाको उत्तरगया गाउँपालिकामा ४२ जना, कालिका गाउँपालिकामा ५२ जना, नौकुण्ड गाउँपालिकामा ५६ जना, गोसाइँकुण्ड गाउँपालिकामा ९२ जना, आमाछोदिङ्मो गाउँपालिकामा ७७ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

जिल्लाको पाँच वटा गाउँपालिकाको ११ स्थानमा ३ सय ५२ शैयाको क्वारेन्टाइन निर्माण भएको छ । यसअघि जिल्लामा २ सय १० शैयाको क्वारेन्टाइन निर्माण गर्ने भनिएपनि पछिल्लो केहिदिन यता जिल्ला आउने मानिसको संख्या बढेसँगै जिल्लाका स्थानिय तहले क्वारेन्टाइन बिस्तार गरेका हुन् । जिल्लाको उत्तरगया गाउँपालिकामा ७७ शैया, कालिका गाउँपालिकामा ६० शैया, नौकुण्ड गाउँपालिकामा ६० शैया, गोसाइँकुण्ड गाउँपालिकामा १ सय ५ शैया र आमाछोदिङ्मो गाउँपालिकामा ७७ शैयाको क्वारेन्टाइन निर्माण भएको छ ।

त्यस्तै जिल्ला बाहिर अलपत्र परेका जिल्लाबासिलाई संघिय सांसद मोहन आचार्य र जिल्लाका स्थानिय तहको पहलमा उद्धार गरि जिल्ला ल्याइएको छ ।
कालिका गाउँपालिकाले संखुवासभाबाट २६ जना मजदुरको उद्धार गरेको छ । उनीहरुलाई गाउँपालिकाको वडा नम्बर २ स्थित कालिका हिमालय मा.वि. मा राखिएको जनाएको छ । त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाले काठमाण्डौबाट ६७ जनाको उद्धार गरेको छ । उनीहरुलाई सदरमुकाम धुन्चे स्थित कृषि, पशु कार्यालय भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको राखिएको छ ।

त्यसैगरि रसुवामा प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्य र जिल्लाका स्थानिय तहको पहलमा काठमाण्डौमा समस्यामा परेका बिद्यार्थी, मजदुर र बिरामी गरि ३ सय ७७ जनालाई उद्धार गरि जिल्लामा ल्याइएको छ । समयमा विवरण उपलब्ध नगराउदा आइतबार राती देखि सोमबार बिहान सम्म जिल्ला प्रबेश गर्ने नाका बेत्रावतीमा रोक्किएका थिए । सोमबार बिहान सम्बन्धित गाउँपालिकाका वडाध्यक्षको जिम्मामा क्वारेन्टाइनमा राख्ने गरि छोडिएको थियो ।

उत्तरगया, कालिका गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा ल्याइएका सबैलाई क्वारेन्टाइनमा राखिए पनि नौकुण्ड गाउँपालिकामा भने एक महिनासम्म सेल्फ क्वारेन्टाइन्मा बसेको र जिल्ला आउनु पूर्व ग्रिनसिटी हस्पिटल काठमाण्डौमा स्वास्थ्य परिक्षण गरि आएको भन्दै जनप्रतिनिधिलाई अटेर गर्दै सबै नागरिक आफुखुशी घरघरमा गएको बताइएको छ ।

लकडाउनको समयमा समस्यामा परेकाहरुलाई जिल्लामा ल्याइएपनि क्वारेन्टाइनमा बस्न अटेर गर्दै आफुखुशी होम क्वारेन्टाइनमा बस्न थालेपछि स्थानियमा कोरोनाको त्रास फैलिएको छ ।
रसुवाको नौकुण्ड गाउँपालिकाका १ सय ८८ जना होम क्वारेन्टाइनमा बसेका छन् । काठमाडौंबाट आइतबार राति गाउँ फर्किएका उनीहरु होम क्वारेन्टाइनमा बसेका हुन् । गाउँपालिकाका अनुसार वडा नम्बर १ मा १५, २ मा २०, ३ मा ३४, ४ मा ७, ५ मा ८१ र ६ मा ३१ जना गरी १ सय ८८ जना आएका थिए । आएकामध्ये दुई जनालाई क्वारेन्टाइनमा राखिएको थियो । अन्य व्यक्ति सोमवार नै घर गएपछि उनीहरू पनि मंगलबार आफ्नै घर फर्किएको बताइएको छ ।

क्वारेन्टाइनको क्षमता भन्दा बढी मानिसहरु आएसँगै व्यवस्थापनमा समस्या आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उद्धार गरि ल्याइएका नागरिकहरुको व्यवस्थापनमा कठिनाई भएपछि मंगलबार १ बजे कोभिड १९ सम्बन्धि सबैपक्षिय बैठक राखिएको भण्डारीले बताए ।

बैठकमा कस्ता व्यक्तिलार्ई सेल्फ क्वारेन्टाइन कस्ता व्यक्तिलाई होम क्वारेन्टाइन र कस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा जिल्लामा बिकास निर्माण सम्बन्धि आयोजना संचालन, जिल्ला भित्र उत्पादन भएका कृषि उपजहरु बाहिरबाट ल्याउन बन्देज गरी जिल्ला भित्रकै उत्पादन बिक्रि बितरण गर्ने व्यवस्था मिलाउने लगायतका बिषयमा गहन छलफल हुने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }