बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना बिरुद्ध लड्न नेपाललाई इयुको पौने १० अर्ब सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १६, २०७७
  • 460
    SHARES

काठमाडौं । कोरोना भाइरस प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि यूरोपेली संघ (ईयू) ले सहयोग प्याकेज घोषणा गरेको छ । इयुले कोभिड–१९ सँग लड्न नेपाललाई ९ अर्ब ८० करोड रुपैयाँ (७ करोड ५० लाख यूरो) सहायता गर्ने भएको हो ।

नेपालका लागि यूरोपेली संघकी राजदूत वेरोनिका कोडीले नेपाल र यूरोपेली संघबीचको लामो समयदेखिको मित्रता रहेको उल्लेख गर्दै  जोखिमयुक्त समुदायमा पर्ने असर न्यूनीकरण गर्न अन्तरराष्ट्रिय साझेदारी र ऐक्यबद्धता अझ सशक्त हुनुपर्ने बताएकी छिन् ।

विश्वभर नै ईयूले आफ्ना साझेदार मुलुकहरूमा कोरोना भाइरसको महामारीसँग लड्न सघाइरहेको ईयूद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ।

ईयूले आफ्ना साझेदार देशहरूलाई सहयोग गर्न २० अर्ब यूरोको प्याकेज बनाएको छ । नेपाललाई ईयूले प्रस्ताव गरेको ९ दशमलव ८ अर्ब रुपैयाँमध्ये ७ दशमलव २ अर्ब यसअघिको प्रतिबद्धताबाट प्राथमिकता परिवर्तन गरिएको हो भने २ दशमलव ६ अर्ब थप सहयोग दिन लागेको हो ।

१ दशमलव ६ अर्ब रुपैयाँ सार्वजनिक स्वास्थ्य सेवा सुधार र तयारी योजनाका लागि खर्च गरिनेछ । यसअघि स्वास्थ्य कार्यक्रममा प्रतिबद्धता भएको सहयोगबाट यो रकम खर्च गरिनेछ । स्वास्थ्य संकट सम्बोधन, स्वास्थ्य सम्बन्धित गतिविधि सञ्चालन र लैंगिक हिंसा न्यूनीकरणमा यो सहयोग परिचालन हुने उल्लेख छ ।

त्यसैगरी ८ दशमलव २ अर्ब रुपैयाँ सामाजिक आर्थिक असरहरूलाई सम्बोधनका लागि परिचालन हुनेछ । अर्थतन्त्रलाई गति दिन र रोजगारी वृद्धि गर्न, मानिसहरुको आयेस्तामा टेवा दिन र जोखिममा रहेकालाई सामाजिक संरक्षणका कार्यक्रम कार्यान्वयनमा खर्च हुने उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }