शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

विकास आयोजनामा निर्माण सामग्री अभाव


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १८, २०७७
  • 1.1K
    SHARES

काठमाण्डौ, लकडाउन लम्बिँदै जाँदा विकासका ठूला आयोजनमा निर्माण सामग्रीको अभाव देखिन थालेको छ । यसअघि भएका स्टक सामग्रीबाट लकडाउनका बेला पनि काम अघि बढाइए पनि यस्ता निर्माण सकिन थालेपछि काम प्रभावित भएको सम्बन्धित आयोजनाहरूले बताएका छन् ।

काठमाडौं उपत्यकाभित्र सडक विस्तार र कालोपत्र गर्ने कार्य नै ठप्प भएको छ भने उपकरण तथा सिमेन्ट चीनको केरुङ नाका र भारतको कोलकाता बन्दरगाहबाट ल्याउन नसक्दा राजधानीबाहिर निर्माणाधीन दुई अन्तरराष्ट्रिय विमानस्थलको काममा पनि असहजता देखिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार क्रशर, सिमेन्ट र छड उद्योगहरू बन्द हुँदा निर्माण शुरू गरिएका साना तथा ठूला आयोजनाहरूमा आवश्यक कच्चा पदार्थ तथा निर्माण सामग्रीको अभाव हुन थालेको छ ।

महासंघले पुल निर्माणको कामलाई मात्रै निरन्तरता दिने भने पनि अहिले निर्माण व्यवसायीहरू र सरकारी निकायहरूले पासको व्यवस्था गरिदिँदा अन्य पूर्वाधारको काम पनि शुरू गरिएका छन् । जिल्ला जिल्लाबीच समन्वय नहुँदा निर्माण सामग्री आपूर्तिमा समस्या भएको सडक विभागको भनाइ छ ।

विभाग अन्तर्गतको पुल महाशाखाले ७० भन्दा बढी पुलको काम अघि बढाउने तयारी भए सागम्री उपलब्ध नहुँदा समस्या भएको बताएको छ । लकडाउनका बीच काठमाडौं उपत्यकामा पनि सडक विस्तार र कालोपत्रको कामलाई निरन्तरता दिएको भए पनि निर्माण सामग्रीकै अभावमा अहिले यी काम ठप्प भएका छन् ।

सडक डिभिजन कार्यालय, काठमाडौंले निर्माण सामग्रीहरू ल्याउन पासको व्यवस्था गरेर सामग्री ल्याउने स्थलसम्म सवारी पठाए पनि जिल्लाहरूमा अवरोध हुँदा निर्माण सामग्री आपूर्ति नै ठप्प भएको बताएको छ । काठमाडौं उपत्यकाको पूर्वाधार निर्माणका लागि ललितपुरको टीकाभैरव, काभ्रेको पनौती र दोलालघाटबाट निर्माण सामग्री ल्याउने गरिन्छ । बालुवा, गिट्टीलगायत सामग्री ल्याउन गाडीहरू पठाए पनि ल्याउन नसकिएको बताइएको छ ।

सामग्री अभावकै कारण प्राथमिकताका साथ अघि बढाइएको चाबहिल–गौशालाको सडक मर्मत पनि प्रभावित भएको छ । यस्तै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि भारत र चीनबाट ल्याउने भनिएका उपकरण, साजसज्जाका सामग्री र सिमेन्ट रोकिँदा मुख्य काम अघि बढाउन समस्या भएको आयोजनाले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }