शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एनआरएनएद्धारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १८, २०७७
  • 409
    SHARES

काठमाण्डौ, गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैह्र आवासीय नेपाली संघ लक्षिण कोरीया, चीन, हङकङ र मकाउले बिहीबार स्वास्थ्य तथा जनसंख्या मान्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गैह्र आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले उक्त सामग्रीहरु स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उपलब्ध गराउनुभएको छ । एनआरएनए रुद्र शर्माका अनुसार दक्षिण कोरियामा रहेका नेपालीहरुले यस अघि पनि टेस्टिङ किट, पीपीइ लगायतका सामग्री उपलब्ध गराएको थियो ।

बिहीबार फेरी ३१० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीइ गाउन २ हजार थान उपलब्ध गराएको शर्माले बताउनुभयो । यस्तै एनआरएनए चीनले ह्याण्ड ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान एन९५ मास्क १ हजार ४ सय ५० थान उपलब्ध गराएको छ । यस्तै एनआरएनए मकाउ र हङकङले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि छिट्टै सरकारलाई उपलब्ध गराइने शर्माले बताउनुभयो ।

एनआरएनएले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सजिलो बेला भन्दा अप्ठेरो अवस्थामा साथ दिनेहरु नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु पारदर्शि रुपमा प्रयोग हुने र त्यसको विवरण हेर्न सकिने समेत बताउनुभयो ।

एनआरएनए दक्षिण कोरियाले एक व्यक्ति एक टेस्ट अभियानका साथ कोरियामा रहेका नेपाली नागरिकहरुबाट रकम उठाई परिक्षण किट सहयोग गरेको छ । यस्तै आगामि दिनमा पनि अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने एनआरएनएहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }