बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

व्यक्तिगत आयकर सीमा बढाउन परिसंघको माग


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 563
    SHARES

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले  आगामी बजेट लगानी बृद्धि र स्वदेशी उत्पादनलाई प्रोत्साहन हुनेगरी आउने बताएका छन । उत्पादन निर्यात बढाउनका लागि समेटिनु पर्ने कुराहरुलाई सरकारले हेरिरहेको उनले जानकारी दिएका छन ।

उनले उद्योगीहरुलाई निश्चिन्त भएर लगानी बढाउन अनुरोध गर्दै सरकार सदैव साथमा रहेको विश्वास दिलाएका छन । नेपाल उद्योग परिसंघले आगामी बजेटमा आफनो सुझाव अर्थमन्त्री डा. खतिवडालाई बिहीबार बुझाएका छ ।

परिसंघले अर्थमन्त्री खतिवडालाई रोजगारी सृजना, निजी क्षेत्रको विकास र कृषिसहित लघु, साना तथा मझौला उद्योगको विकासमा बजेटका उद्धेश्य सहितको प्रतिवेदन बुझाएको हो ।

मन्त्रालयमा  परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको पदाधिकारी सहितको प्रतिनिधिमण्डले बजेटका नीतिगत तथा विषयगत सुझावहरु प्रस्तुत गरेको हो ।

सुझावमा  विस्तारकारी वित्तीय नीतिसहितको  बजेट ल्याउन र पूँजीगत खर्चलाई बढाउन सुझाव दिएको परिसंघले जनाएको छ ।

बजेट मार्फत रोजगारी सृजनाका लागि व्यवसायिक कृषिमा लगानी आकर्षित गर्न १० वर्षका लागि आयकर छुट र लघु, साना तथा मझौला उद्योगका लागि लगानी जुटाउन ग्यारेन्टी कोष खडा गर्न आग्रह गरिएको छ ।

उद्योगहरुका लागि आवश्यक लगानीका लागि ऋणको लागतलाई आगामी ३ वर्षका लागि कम्तिमा ५ प्रतिशतले कम गर्न अर्थमन्त्रीसँग आग्रह गरिएको छ ।

अर्थव्यवस्थामा तरलता थप गर्न भ्याट तथा अन्य कर फिर्ता लगायत सरकारले भुक्तान गर्नुपर्ने सम्पूर्ण रकम तत्काल फिर्ताका व्यवस्था मिलाई बजारमा तरलता कम हुन नदिन आवश्यक मौद्रिक उपायहरु तर्फ बजेट केन्द्रित हुनुपर्ने सुझाव परिसंघको छ ।

बजेटले समग्र क्षेत्रका सुझावमा वर्तमान विषम परिस्थितिमा सरकारी राजस्व कम हुने जोखिम भए पनि बजारको समग्र मागलाई बढाउन व्यक्तिगत आयकरको सीमालाई बढाउन गर्न आग्रह गरिएको छ । यसले समग्र मागमा बृद्धि भई सरकारको राजस्व बढ्ने भनाई परिसंघको छ ।

चालु आर्थिक वर्षमा घाटामा रहेका उद्योगहरुलाई बढीमा ५ प्रतिशतमा पुनरकर्जाको व्यवस्था गर्न आग्रह गरिएको छ । औद्योगिक प्रवद्र्धनका नीतिहरु कम्तिमा पाँच वर्षका लागि स्थायी हुनुपर्ने सुझाव परिसंघको छ ।

बजेट मार्फत हरेक निर्यातमा मुल्य अभिवृद्धिका आधारमा नगद अनुदान दिने व्यवस्था गर्न आग्रह गरिएको छ । यसैगरी नेपाली वस्तु निर्यात गर्न सहज हुने गरी निकासी गृहको व्यवस्था गर्ने समेत आग्रह गरिएको छ ।

यसैगरी नेपाली उद्योगहरुलाई प्रतिस्पर्र्धी बनाउदै अर्थतन्त्रलाई विस्तार गर्न स्वदेशी उद्योगलाई विदेशमा लगानी गर्न पाउने व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

बजार माग बढाउने, राजस्व नीतिमा करको दर नबढाई दायरा विस्तारमा ध्यान दिन समेत परिसंघले आग्रह गरेको छ । छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षत्रय अनुज अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाल लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }