बिहिबार, अशोज १३, २०७९

नेकपा भित्र अन्तरकलह तिब्र : चिनियाँ राजदूत यान्छीको दौडधुप


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 686
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरकलह तिब्र भै रहेको बेला उत्तरी छिमेकी मुुलुक चीनका लागि नेपाली राजदूत हौ यान्छीको शिर्ष नेताहरु संगको भेटवार्ता तिब्र बनेको छ । हिजो मात्र प्रधानमन्त्री केपि ओली संग बालुवाटारमा दुई घण्टा छलफल गरेकी रानदुत यान्छीले आज बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल संग करिब एक घण्टा छलफल गरेकी छिन् ।

खुमलटार स्थित दहाल निबास बाट सोझौ अर्का बरिष्ठ नेता माधबकुमार नेपालको घर कोटेश्वर पुगेकी राजदूत हौ यान्छीले नेकपाका शिर्ष नेताहरु संग पछिल्लो अबस्था पार्टी र सरकार संञ्चालनमा देदिएको असहमति , पार्टी र सरकारको नेतृत्व परिबर्तनमा चीनको सन्देश दिएको जनाईएको छ । बिहिबार मात्र नेकपा बरिष्ट नेता नेपाल चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभाग प्रमुख सोङ्ग ताओ बीच लामो मिडियो सम्बाद समेत भएको थियो । भने बैशाख १५ गते सोमबार राष्ट्रपति बिद्यादेबी भण्डारी लाई टेलिफोन गर्दे चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपाललाई निरन्तर सहयोग पुर्याउने उल्लेख गर्दे दुबै देशका स्बास्थ्थ र चिकित्सकिय क्षेत्रमा सहयोगआदान प्रदान गर्ने बचन दिनुभएको छ ।

बर्तमान सरकार संग भएका अन्य संझौताहरु पूर्ण रुपमा कार्यन्वयन हुने जनाउ दिनु भएको थियो । सबैतिरबाट नेपालमा बिकसित राजनैतिक घटनाक्रमवारे चासो ब्यक्त भएको अबस्थामा चीनिया पक्षको सक्रियतालाई चासोका साथ हेरिएको छ । यसै बीच बैशाख १७ गते बुधबार बसेको नेकपा सचिवालय बैठकमा नेताहरु बीच सहमति बन्न नसकेपछि पून २० गते सनिबार बैठक बस्दैछ । बैठकको पूर्बसध्यामा कुटनीतिक दौडधूप बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ