शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राहत वितरण


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २०, २०७७
  • 1.8K
    SHARES

लक डाउनका कारण समस्यामा परेका नागरिकहरुलाई समाज उत्थान महिला मञ्चले राहत वितरण गरेको छ ।

लक डाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रका मजदुर, अपाङ्गता भएका व्यक्ति र सुत्केरी महिलाहरुलाई राहत वितरण गरिएको हो । पहिलो चरणमा ३ सय जनालाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो । प्रतिव्यक्ति १० किलो चालम, २ लिटर तेल, १ किलो नुन र २ वटा हातधुने साबुन हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । राहतका लागि ४ सय जनाले नाम लेखाएका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष खेमराज तिवारीले वडासँगको सहकार्यमा महिला मञ्चले राहत वितरण गरेको बताउनुभयो । लक डाउनको प्रकृया लामो भएमा पुनः राहतका प्याकेज घोषणा गरी वितरण गर्ने उहाँले बताउनुभयो ।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले संगठित क्षेत्रका मजदुरहरुलाई सम्बन्धित संघसंस्थाहरुले राहत विरतण गरेपनि असंगठित क्षेत्रका मजदुर समस्यामा परेको बताउनुभयो ।

महिला मञ्चले नयाँ बसपार्क क्षेत्रमा राहत वितरण गरेको हो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लक डाउन घोषणा गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य असंगठित क्षेत्रमा काम गर्ने व्यक्तिहरु प्रभावित बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }