शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व प्रेस स्वतन्त्रता दिवस :भय र पक्षपात रहित पत्रकारिताका लागि आह्वान


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २०, २०७७
  • 587
    SHARES

राज्यका निकाय र सरोकारवालाहरूलाई स्वतन्त्र प्रेसका सिद्धान्तको सम्मान गर्न आह्वानसहित प्रत्येक वर्ष मे ३ मा मनाइदै आएको विश्व प्रेस स्वतन्त्रता दिवस यस वर्ष विश्वब्यापी महामारी कोरोनाका तथ्य उजागर गर्ने चुनौतिवीच पत्रकारहरूका लागि थप जिम्मेवारी बोध गर्ने र साहस देखाउने दिवसका रुपमा स्मरण गर्न मिडिया एक्सन नेपाल सवै पत्रकाहरूलाई आह्वान गरेको छ ।

दिवसका सन्दर्भमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भय र पक्षपातरहित पत्रकारिताको नारा दिइएको यस वर्षको प्रेस स्वतन्त्रता दिवसको अन्तर्य पत्रकारले निर्भयपूर्वक सत्य र तथ्यपरक सूचना उत्पादन र सम्प्रेषण गरि भ्रामक र गलत सूचनाको रोकथाम तथा विश्वसनीय पत्रकारिताको प्रवर्धनमा योगदान पु¥याउन सकेमात्र पुरा हुनेछ ।’

पछिल्लो समय कोरोना नियन्त्रणसम्बन्धि सामग्री खरिदमा भएको अनियमितता मिडियाले उजागर गरेका घटनामा पत्रकारहरूलाई हतोत्साही गरिनु र एक अनलाइनको समाचार ह्याक गरि स्वतन्त्र प्रेसमाथि सकारका विज्ञबाटनै अवरोध सिर्जना गर्नुजस्ता घटनाहरू स्वतन्त्र प्रेसका सन्दर्भमा सरकारको प्रतिवद्धता, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६ को धारा १९ र  नेपालको संविधान, २०७२ को धारा १९ ले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकविरूद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी चितवनमा कोरोनासम्बन्धि रिर्पोटिङका क्रममा पत्रकारहरू प्रमिता ढकाल, विनोद रिजाल र अर्जुन अधिकारीलाई दुरब्यवहारसहित पक्राउ गरिनु, स्थानीय सरकारका प्रतिनिधिहरूबाट विभिन्न ठाँउमा समाचारको विषयमा पत्रकारहरूलाई त्रास र धम्की दिइनु, रेडियो नेपालका कार्यकारी निर्देशक तथा समाचार प्रमुखलाई समाचारको विषयलाई लिएर सञ्चार मन्त्रालयबाट स्पस्टीकरण सहित कारवाही गरिनु जस्ता घटनाहरू निन्दनीय रहेको मिडिया एक्सन नेपालले जनाएको छ।

‘सरकार र राज्यका निकायको गलत काममा निगरानी गर्ने वातावरण सिर्जनाले लोकतन्त्र बलियो हुने र सत्य तथा तथ्यपरक  सूचनाले मात्रै नागरिक स्वतन्त्रताको संरक्षणमा सहयोग पुग्ने भएकाले विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताका आफ्ना प्रतिवद्धता पुरा गर्न मिडिया एक्सन नेपालले सरकारलाई आह्वान गरेको छ ।’

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }