शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कहिले खुल्छ रसुवागढी नाका ?


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २१, २०७७
  • 1.3K
    SHARES

राज्यलाई दैनिक २ करोड भन्दा बढी राजश्व योगदान गरिरहेको चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बिगत तिन महिना यता बन्द रहेको छ । नाका भन्द भएपछि राज्यलाई त घाटा भएको छ नै, स्थानिय तथा नाकामा कारोबार गर्ने व्यापारिहरुलाई समेत रोजि रोटीको चिन्ता बढेको छ । सोहि कारण उनीहरु सोधिरहेका छन् नाका कहिले खुल्छ ।

चीनको केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटनाको सम्भावना भएपछि माघ १५ गतेदेखि नै रसुवागढी नाकाबाट आवत जावत तथा आयात निर्यात ठप्प भएको थियो । त्यस यता कोरोना संक्रमण तथा ल्होसार पर्वमा परेको लामो सार्वजनिक बिदा लगायतका कारण नाका सुनसान बन्न पुग्यो ।

कोरोना भाइरसले महामारीको रुप लिएपछि चिनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने कारोबार पनि ठप्प भएको छ । कोरोना भाइरसले महामारीको रुप लिएपछि सुरुमा चिनिया पक्षले १५ दिन नाका बन्द गर्ने बताइएको थियो ।
उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले मालसामान आयात तथा निर्यातका लागि रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

समितिको निर्णय पश्चात चैत १२ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई तातोपानी र रसुवागढी नाकाबाट सामान आयात गर्न आग्रह गर्दै पत्राचार गरेको थियो । नाका संचालनमा ल्याउने भनेपछि कोरोनाको जोखिम बढ्ने भन्दै स्थानियले अहिले नाका नखोल्न नेपाल सरकारलाई दबाब दिएका थिए ।

चीन सरकारले पुन चैत २० गते परराष्ट्र मन्त्रालयलाई पत्रको जवाफ पठाउँदै अहिलेलाई तातोपानी नाकाबाट मात्र अत्यावश्यक सामान निर्यात गर्ने जानकारी दिएकोे थियो । चीन सरकारले नै तातोपानी नाकाबाट मात्र स्वास्थ्य सामाग्री पठाउने र रसुवागढी नाका तत्काल नखोल्ने भनेपछि तिन महिना यता चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्दाबन्दीमा परेको छ । तातोपानी नाकाबाट अहिले औषधिजन्य बस्तुहरु नेपाल भित्रिएतापनि रसुवागढी नाका भने चीन सरकारले नै बन्द गरेको छ ।

दैनिक २ करोड राजश्व संकलन हुदै आएको यो नाकाले देशको अर्थतन्त्रमा सहयोग पुर्याउदै आएको भएपनि नाकाबाट हुने आयात निर्यात ठप्प हुदाँ अहिले सुन्य अवस्थामा पुगेको छ ।
रसुवागढी नाकामा पुग्ने हो भने अहिले नेपाल र चीन दुबै तर्फको गेट लगाइएको छ । नाकाको सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीका सुरक्षाकर्मीहरु कोहि आउछन् कि भनेर बसेको मात्र भेटिन्छन् ।

स्थानिय प्रशासनको निर्देशन अनुसार नाकामा २४ सै घण्टा सुरक्षाकर्मीहरु खटिएको शसस्त्र प्रहरीको २१ नम्बर गुल्म टिमुरेका डिएसपी लक्ष्मण थापाले बताए । सुरक्षा सम्बन्धि र कोरोना भाइरस नियन्त्रण सम्बन्धि अपनाउनुपर्ने उपायहरुको सम्बन्धमा आवश्यकता अनुसार दुरी कायम गरि नाकाको बिचमा नै दुई देशका अधिकारीबिचको बैठकमा सहभागि भइरहेका छौ, उनले भने नाका संचालनमा नआएपनि नेपाल प्रहरी, शसस्त्र प्रहरी त्यसैगरि हेल्थ डेक्सका स्वास्थ्यकर्मीहरु खटिएका छौँ, अहिले कुनै चुनौती छैन्, ।

सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गर्यो । पटक पटक लकडाउन थप गर्दै बैशाख २५ गतेसम्म पुर्याएको छ । त्यस पश्चात लकडाउन केहि खुकुलो बनाउने तयारी सरकारको छ । लकडाउनको अन्त्य सँगै रसुवागढी नाका संचालनमा ल्याउनुपर्ने स्थानिय तथा व्यवसायीहरुले माग राख्न थालेका छन् ।

लकडाउन सकिएसँगै सुरक्षा व्यवस्था अपनाएर नाका संचालनमा ल्याउनुपर्ने गोसाइँकुण्ड गाउँपालिका २ का वडाध्यक्ष दावा तामाङले बताए । लकडाउन भए लगत्तै नाका संचालनमा ल्यउने भनेपछि स्थानियमा त्रास बढेको थियो र यो नाकामा कोरोनाको जोखिम बढी रहेको हुदाँ नाका संचालन नगर्न बिज्ञप्ति बुझाएका थियौ, उनले भने, तर अब लकडाउन सकिएसँगै चहलपहल बढेपछि सुरक्षा व्यवस्था कडा बनाएर नाका संचालनमा ल्याउनुपर्छ भन्ने लाग्छ,

करिब ५० वटा कन्टेनर चिनको केरुङमा रोकिएर बसेका छन् भने नाका संचालनमा आए चिन तर्फ जाने भन्दै करिब ३० वटा कन्टेनर रसुवागढी नाकामा लाइनमा रहेका छन् ।
करिब चार महिनादेखि नाका मै थन्कीएर बस्दा गाडिको किस्ता तिर्न समस्यामा परेको कन्टेनर व्यवसायीहरुले बताएका छन् । जसले गर्दा व्यवसाय धरापमा परेको बताएका छन् ।

रसुवागढी नाकाबाट आयात निर्यात ठप्प भएसँगै राजस्व संकलन शून्य भएको छ । रसुवागढी नाकाबाट आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन हुन नसकेको भन्सार प्रमुख पुण्यबिक्रम खड्काले बताए ।

२०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुन संचालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको थियो ।

चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको थियो । चीनको केरुङबाट रसुवागढी नाका हुदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडि, जुत्ता, चप्पल, स्याउ, बिद्युतीय तथा इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ जडिबुटि तथा हस्तकलाका सामाग्रीहरु जाने गरेको थियो । रसुवागढी नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारी साधनको चाप बढ्दै गएको थियो । तर कोरोना भाइरस संक्रमणका कारण नाकाबाट हुने सम्र्पूण आवतजावत रोकिदा नाका सुन्य बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }