शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

विमानस्थल खुलेपछि विदेशमा रहेका ३ लाख युवालाई नेपाल ल्याइने


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २२, २०७७
  • 349
    SHARES
  • पहिलो चरणमा विचल्लीमा परेका ३५ हजार ल्याइने

काठमाडौं। कोरोना भाइरसका कारण विदेशमा आजसम्म कम्तीमा पनि ३५ हजार नेपाली विचल्लीमा परेका छन् । विभिन्न देशको तथ्यांकअनुसार ३५ हजार जना नेपाली काम र बस्ने ठेगान समेत नपाएर विचल्लीमा परेका छन् । नेपाल सरकारले विदेशमा अलपत्र परेकामध्ये ती ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने तयारी गरेको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयमा आइतबार सरोकारवाला मन्त्रालयका सचिव र महानिर्देशकहरुसँगको बैठकमा   यस्तो कार्ययोजना प्रस्तुत गरेका थिए । उनले सो बैठकमा भनेका थिए, हामीलाई अहिले विचल्लीकै अवस्थमा रहेका ३५ हजार जना भन्ने आएको छ । त्यसैले पहिलो चरणमा उनीहरुलाई नेपाल ल्याउनुपर्छ ।

विदेशमा भएका नेपाली तथा बैदेशिक रोजगारमा रहेका नेपालीलाई कसरी स्वदेश फर्काउने भन्ने विषयमा यसअघि गठन भएको अध्ययन समितिका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले सो कार्ययोजनासहितको प्रतिवेदन पेश गरेका थिए। बैठकमा श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयका सचिव र मातहतका महानिर्देशकको सहभागिता थियो।

पहिलो चरणमा विभिन्न देशमा ओभर स्टे गरेका करिब ३५ हजार युबालाई फर्काइने छ भने दोस्रो चरणमा रोजगारी गुमाएका र स्वदेश फर्कन चाहने कामदारलाई तथा तेस्रो चरणमा विदामा स्वदेश आउन चाहने कामदारहरुलाई फर्काइने सो कार्ययोजनामा रहेको छ ।

परराष्ट्रका सहसचिव तापस अधिकारी लगायत तीनजनाको कार्यदलले तयार पारेको कार्य योजनालाई लिएर उक्त बैठक डाकिएको थियो। कार्यदलले विभिन्न देशमा ओभर स्टे गरेका करिब ३५ हजार युवालाई पहिलो चरणमा, रोजगारी गुमाएका र स्वदेश फर्कन चाहने दोश्रो चरणमा र बिदामा आउन चाहनेलाई तेस्रो चरणमा राखेको छ।

ओभर स्टे भई विदेशमा अलपत्र परेका युबालाई सम्बन्धित देशले नेपाल फर्काइ दिने र भोलि रोजगारीका लागि ती देश जान चाहनेलाई कानुनी अड्चन नराख्ने भनेकोले तिनलाई पहिलो चरणमा राखेर नेपाल ल्याउनु पर्ने बाध्यता रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

अहिले खाडी राष्ट्रमा रोजगारीमा रहेका युवालाई जो जहाँ छन सुरक्षित रहन र बस्न दिन प्रधानमन्त्री र मन्त्रीस्तरमा सम्बन्धित देशका अधिकारीसँग फोनवार्ता पनि भइरहेको छ। मन्त्री ज्ञवालीले ‘करिव ३ लाख युवालाई अन्तराष्ट्रिय एयरपोट खुलेपछि स्वदेश ल्याउने र त्यतिन्जेलमा देशभित्र नै रोजगारी सिर्जना गर्ने तवरले अध्ययन, छलफल चलिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }