काठमाडाैंः
प्रधानमन्त्री केपी शर्मा ओली साेमबार प्रधानमन्त्रीकाे कार्यालय सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी हुनुभयो ।
सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका वर्तमान अध्यक्ष इल्याम एलियेबले गर्नुभएको थियो । संवादमा विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि भइरहेका पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।
सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनु भएको थियो । नाम विश्वका कुनै पनि शक्ति पक्षसँग संलग्न नभएका १२० मुलुकहरुको साझा मञ्च हो ।
संयुक्तराष्ट्र सङ्घपछि विश्वमा यसलाइ दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो । विश्वमा कोरोना सङ्कटपछि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का शीर्ष नेताहरुको पनि भिडियो संवाद भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार