बुधबार, अशोज १९, २०७९

लक डाउनको अवधि थपिन सक्ने संकेत


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २३, २०७७
  • 121
    SHARES

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको अवधि थपिन सक्ने संकेत गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लक डाउन बढाउने भन्ने निर्णय नगरेपनि बढ्न सक्ने संकेत गरेको हो ।

अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताउनुभयो ।

लक डाउन कति समय थप हुन्छ भन्ने विषयमा केही नभनेपनि उहाँले ‘लक डाउन लम्बिन सक्छ’ भन्नुभयो । नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । मन्त्रिपरिषद् बैठकमा लक डाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘

अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लक डाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’’

प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा समन्वय समितिको बैठक बसेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ