बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय सहकारी बैंक र नेफस्कुन ब्याजदरमा एकरुपता गर्ने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २४, २०७७
  • 627
    SHARES

काठमाडौ ।

राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा  ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) बिच ब्याजदरमा एकरुपता गर्ने सहमती भएको छ ।
दुवै संस्थाबिच वित्तिय सहकारीको स्थायीत्व र दिगो संचालनकालागि सहकार्य गर्ने विषयमा सहमती भएको जनाइएको छ ।  सहकार्य गर्नकालागि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैंक र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदलसमेत गठन गरेको जानकारी दिए ।

नेपाल सहकारी पत्रकार समाजले आयोजना सरोकारवालाहरुसंग गरेको भिडियो कन्फ्ररेन्समा बोल्दै बैंकका अध्यक्ष केबि उप्रेतीले बैंक र नेफ्स्कूनका सबै देश भरिका शाखाबाट लिने दिने ब्याजमा एकरुपता हुने बताए । तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सहकार्य गरिने उनको भनाई छ । तरलता ब्यबस्थापन गर्न, बचत र ऋण सहकारीमा हुने कारोबारमा एकरुपता हुने उनको भनाइ छ । यसले नमुना परियोजना सन्चालन गर्न पनि सजिलो हुने उनले बताए । प्रदेश स्तरीय नमुना परियोजनाका लागि प्रयास भइरहेको भन्दै उक्त परियोजनामा बैंकले ७० प्रतिशत लगानी गर्ने बताए ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यदलको प्रतिबेदन आएपछि  बैंकसंग दीर्घकालीन सहकार्य गरिने बताए । बिषयका आधारले यात्रा केही फरक रहेपनी बैंकसंग  अन्तरबिरोध नरहेको उनको भनाई छ ।

कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले सहकार्यले सिङ्गो सहकारी माझ खुसी छाएको बताए । प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने उनको भनाई छ । यो जोखिमपुर्ण काम भएपनि सहकारीको दिगो ब्यबस्थापनका लागि सहकार्य आवस्यक भएको उनको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइले बितिय प्रोड्क्ट डिजिटलाइजेसन गर्न सहकार्यमा जोड दिइएको बताए  । सहकार्य पश्चात बैंकको चेक नेफ्स्कून मार्फत र नेफ्स्कूनको चेक बैंकमार्फत साटिने छ । कार्यदलले बैशाख २७ गतेसम्म प्रारम्भिक प्रतिबेदन तयार गर्ने जनाइएको छ ।

तरलता ब्यबस्थापनका लागि दुवै संस्थाले विपद् ब्यवस्थापन केन्द्रिय तरलता कोष  स्थापना गर्ने जनाएका छन् । उक्त कोषमा बैंकले एक अर्ब र नेफ्स्कूनले १० करोड रुपैंया जम्मा गरेको बताए । कोरोनाले नेपाल सहित बिश्व नै सन्कटमा गुर्जिरहेको बेला सहकारीमा समस्या आउन नदिन कोष खडा गरिएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }