बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनको आज ४५ औं दिन, सवारीसाधनको चेकजाँचमा थप कडाई


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 771
    SHARES

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ४५ औं दिन ।

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको ४५ दिन अर्थात डेढ महिना पुगेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएपनि कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउनलाई निरन्तरता दिदै आएको छ ।

बिहीबार सम्म लागू गरिएको लकडाउनलाई सरकारले बुधबार पुनः जेठ ५ गते सम्म लम्ब्याएको छ । लामो समयदेखिको लकडाउनका कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले लकडाउनलाई पालना गरेका छन् । तर सडकमा केही अत्यावस्यक सेवा तथा कर्मचारीका सवारीसाधनहरु सञ्चालनमा आएका छन् ।

प्रहरीले लकडाउन पालना गराउन सवारीसाधनको चेकजाँचलाई कडाई गरेको छ । बिहीबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा प्रहरीले चेकजाँचलाई निरन्तरता दिएको पाइएको छ ।प्रहरीले पास बिना सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको छ । सहरका भित्रि सडकमा भने केही तरकारी एवं खाद्य पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिक रहेको पसल सम्म पुगेर दैनिक उपभोग गर्ने सामग्रीहरु किनमेल गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }