बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थतन्त्रको विकासका लागि कोभिड–१९ बाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्ने :डा. बाबुराम भट्टराई


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 414
    SHARES

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रको विकासका लागि कोभिड–१९ बाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

कोभिड—१९ बाट आएको यो संकटलाई पूर्ननिर्माण र नव निर्माणको अवसरका रुपमा परिणत गरी अर्थतन्त्रलाई नयाँ मोडमा लैजानुपर्ने भट्टराईले बताउनुभयो । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले निजी क्षेत्र र सरकारको सामुहिक सहकार्यबाट नै समस्याको समाधान सम्भव रहेको बताउनुभयो । एक अर्कालाई माग तेस्र्याउनु भन्दा पनि सबैले देशको स्रोत साधनको उपलब्धताको अवस्था र निरपेक्ष विकासको अवस्था हेरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभया े। कोरोनापछि विश्वको अर्थतन्त्र जसरी पूर्नसंरचना हुन्छ त्यही ढंगले राष्ट्रिय रणनीति बनाएर निजी क्षेत्र र राज्यले सहकार्य गर्न सकेमात्रै लाभ लिन सकिने उहाँले बताउनुभयो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बढी जोखिममा रहेका र कम जोखिममा रहेका व्यवसायीहरुको सूची बनाएर समितिमा दिन आग्रह गर्नुभयो । निष्पक्ष ढंगले जोखिमका क्षेत्रहरु सूचीकरण भए सरकारलाई त्यही आधारमा प्राथमिकता बनाएर राहत दिन आग्रह गर्न सकिने उहाँले बताउनुभयो ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विदेशबाट लाखौ नेपाली स्वदेश फर्किदा बेरोजगारी बढ्ने र रेमिट्यान्स घट्ने भएकाले स्वदेशमै आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने विषयमा सोच्ने बेला भएको बताउनुभयो । नेपालमा उत्पादन गर्न सकिने अवस्था भएपनि अहिले वर्षमा २३ अर्बको चामल, १५ अर्ब बढीको तरकारी र ११ अर्बको फलफुल बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । विदेशबाट अर्बौ रुपैयाँका उपभोग्य सामान आयात गर्नुको सट्टा आत्मनिर्भर हुनेतर्फ ध्यान दिनुपर्ने सुझाव उहाँले दिनुभयो ।

बैठकमा उद्योगी व्यवसायीहरुले सबैभन्दा बढी समस्या पर्यटन क्षेत्रमा परेको बताएका छन् । यस्तै अन्य उत्पादन मुलक उद्योगहरु पनि सञ्चालन हुन नसक्दा समस्या भएको उनिहरुले बताए । सरकारले छिट्टै रहतको प्याकेज नदिए उद्योग पुन सञ्चालन गर्ने अवस्था नहुने र लाखौंको संख्यामा रहेका श्रमिकहरु बेरोजगार बन्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । छलफलमा उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ, घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }